राखेप सदस्यसचिवका लागि मन्त्रालयद्वारा दरखास्त आव्हान 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०४
  • |
  • 541 पटक हेरिएको

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे कार्यकारी सदस्यसचिवका लागि दरखास्त आव्हान गरेको छ । 

आज सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले एक साताकाे समय दिएर याेग्य व्यक्तिलाइ सदस्यसचिव पदका लागि आवेदन दिन भनिएकाे छ। 

अघिल्लो वर्ष जारी भएको ऐनमा व्यवस्था भएअनुसार राखेप सदस्यसचिव खुल्ला प्रतिस्पर्धाबाट चयन हुनुपर्छ । यसका लागि स्नातक पास गरेकाे, खेलकुदमा कम्तिमा दशक विताएकाे लगायतका मापदन्ड छन् । 

यसअघि रमेश सिलवालकाे नियुक्तिमा पनि यी प्रक्रिया पूरा गरिएकाे थियाे । 

नयाँ सरकार गठन भएपछि अघिल्लो सरकारको नियुक्ति बदर गर्न क्रममा असोज ३१ गतेको मन्त्रिपरिषद् बैठकले सिलवाललाइ बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध सिलवालले दुइ साताअघि सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । 

मन्त्रालयमा सचिव नभएका कारण नयाँ सदस्यसचिवकाे नियुक्ति प्रक्रिया सुरु हुन सकेकाे थिएन । दामाेदर न्याैपाने उमरहदका कारण असाेज १२ गते अनिवार्य अवकाशमा गएपछि नै युवा तथा खेलकुद मन्त्रालय सचिवबिहीन थियाे ।

यही साता मात्र सरकारले गन्डकी प्रदेशका प्रमुख सचिव डा. दामाेदर रेग्मीलाइ संघमा सरुवा गरी खेलकुद मन्त्रालयकाे जिम्मेवारी दिइएकाे थियाे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey