पूर्व क्रिकेटर अशरफ अफगानिस्तान क्रिकेट बाेर्डकाे नयाँ अध्यक्ष

  • Image नेप्लेज
  • २४ कार्तिक २०७८, बुधवार
  • 1620 पटक हेरिएको
 पूर्व क्रिकेटर अशरफ अफगानिस्तान क्रिकेट बाेर्डकाे नयाँ अध्यक्ष

हाइलाइट्स

  • ३३ वर्षीय अशरफले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ४६ एकदिवसिय ४६ र २५ टी-२० मा १४ विकेट लिए ।

अफगानिस्तान क्रिकेट बोर्डकाे नयाँ अध्यक्षमा पूर्व क्रिकेटर मिरवाइस अशरफ आएका छन । 

३३ वर्षीय अशरफले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ४६ एकदिवसिय ४६ र २५ टी-२० मा १४ विकेट लिए । उनी बोर्डको अध्यक्षमा चयन भएपछि अफगानिस्तानका स्टार बलर राशिद खानले बधाई तथा शुभकामना दिएका छन् ।

अशरफ पूर्व अफगानिस्तानी बलर हुन् । तालिबानले सरकारको नेतृत्व गरेपछि त्यहाँको क्रिकेटमा ठूलो असर पुग्ने आशंका गरिएको थियो । तर, अहिलेसम्म भने तालिबानले अफगान क्रिकेटमा ठूलो हस्तक्षेप गरेको छैन ।

बरु तालिबान सरकारले क्रिकेटकै अनुभव भएकै व्यक्तिलाई बोर्डमा ल्याएकाे छ । अफगानिस्तानले विभिन्न राजनीतिक संकटका बाबजुद पनि हालै टी-२० विश्वकप खेलेको थियो ।

कुनै बेला नेपालभन्दा कमजोर मानिने अफगानिस्तानले क्रिकेटमा लगातार प्रगती गरिरहेको छ । अफगानका झण्डै दर्जन खेलाडी विश्वस्तरीय विभिन्न लिगसमेत खेलिरहेका छन् ।

सम्बन्धित खबर