ए डिभिजन लिगका लागि नेपाली मुलका इटालीयन खेलाडी विकाश काठमाडौंमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०७-०२
  • |
  • 13779 पटक हेरिएको

हाइलाइट्स

  • इटालीयन क्लव एट्लान्टा क्लवको युथ टिमबाट खेलेका विकाशले ए डिभिजन लिग खेल्नेछन । 

आसन्न ए डिभिजन लिग खेल्नका लागि नेपाली मुलका इटालीयन खेलाडी विकाश मेरालिया काठमाडौं आएका छन । पहिलो पटक नेपाली लिग खेल्न आएका विकाश मंगलबार काठमाडौं पुगेका हुन । 

इटालीयन क्लव एट्लान्टा क्लवको युथ टिमबाट खेलेका विकाशले ए डिभिजन लिग खेल्नेछन । बाल्यकालमा नै एक इटालीयन दम्पतीले विकाशलाई एडोप्ट गरेर लगेका थिए । त्यसपछि उनी इटालीमै हुर्किएर फुटबल खेलाडी बनेका हुन । 

१८ बर्षे विकाशले इटालीको यू १६ टिमबाट पनि खेलेका छन । उनले एट्लान्टाको यू १७ र यू १९ बाट खेलिसकेका छन । यसका साथै उनले भेनेजियाको यू १९ टिमबाट पनि खेलेका छन । 

सन् २०२० को सप्टेम्बरमा उनी एट्लान्टाको यू १९ टिमबाट काटोलिका क्लवमा अनुबन्ध भएका थिए । १० महिना सो क्लवबाट खेलेपछि उनी गत जुलाईमा इटालीयन चौथो डिभिजनको मेरिलियन्स क्लवमा अनुबन्ध भएका थिए । 

पछिल्लो पटक उनलाई नेपालमा खेल्नका लागि गरेको प्रस्ताव उनले सहजै स्विकार गरेका हुन । जसका कारण उनी ए डिभिजन लिगमा सबैको नजरमा हुनेछन । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey