रारा किनारामा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२५
  • |
  • 256 पटक हेरिएको

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्ने चर्चित पर्यटकीय क्षेत्र रारा ताल नजिकै प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । बुधबारदेखि शनिबार (२८) सम्म चल्ले उक्त प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ ओटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

छायाँनाथ रारा नगरपालिकामा वडा नम्बर ९ ठूलो ताल  पर्यटकीय गन्तव्य रारामा संचालन हुने कबड्डी खेल्न १० जिल्लाका महिला र पुरुष गरी १७ वटा टोली दर्ता भएको आयोजक सस्था जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष बीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार वैशाख २६ देखि २८ गते सम्म संचालन हुने प्रतियोगिताका लागि ७ वटा महिला १० वटा पुरुष टोलीले सहभागीता जनाउँदैछन् । प्रतियोगिता भोलि राराको किनारमा रहेको ओखर बोटमा शुरु हुनेछ ।

तीन दिनसम्म संन्चालन हुने कबड्डी खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक टोलीका १० जना खेलाडीका दरले कूल १ सय ७० जना कबड्डी खेलाडीहरु सहभागी हुनेछन् भने कबड्डी खेल सञ्चालनका लागि २२ जना रेफ्री छनोट गरिएको मल्लले बताए ।  

प्रतियोगिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि समेत खेलाडी छनोट गर्न सहयोग पुग्ने आयोजकको धारणा छ ।

खेलका माध्यमबाट राराको पर्यटन विकासमा टेवा पुर्याउन हेतु स्वर्गकी रानी भनेर चिनिने रारा किनारामा प्रदेश स्तरीय कबड्डी खेल सञ्चालन गर्न लागेको अध्यक्ष मल्लले जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey