नेपालले खेल १-१ गाेलकाे बराबरी गर्न सफल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 781 पटक हेरिएको

साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशसँग एक एक गाेलकाे बराबरी गरेकाे छ । 

माल्दिभ्सको माले रंगशालामा भएको खेलमा नेपाल सुरुवातमा नै एक गोल खान पुग्यो । खेलको दोस्रो मिनेटमा नै नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसलाई सुजल श्रेष्ठले निकै फितलो प्रहार गरे । 


खेलको आठौं मिनेटमा सुमन गौतमले फल गरेपछि पाएको फ्रिकिकमा बंगलादेशले गोल गर्न सफल भयो । उसका लागि मोहम्मद सुमन रेजाले गोल गर्न सफल भए । डिबक्समा रेजालाई नेपाली खेलाडीले मार्क गर्न सकेनन् । जसका कारण फ्रिहेडर गोल गरे । 


१५ औं मिनेटमा नेपालले सुन्दर गोलको अवसर गुमायो । गौतम श्रेष्ठले डिबक्समा मिलाइदिएको बलमा रोहित चन्दको प्रहार पोष्टको निकैमाथिबाट बाहिरीयो । १९ औं मिनेटमा बंगलादेशका राकिबको प्रहार फ्रेम बाहिर रह्यो । 


२२ औं मिनेटमा बंगलादेशका सुमन रेजाले अर्को मौका पाएपनि त्यसलाई नेपाली गोलकिपर किरण चेम्जोङले बचाए । मोहम्मद इब्राहिमले मिलाएको बललाई दिनेश राजवंशीले क्लियन गर्न नसक्दा रेजाले प्रहार गर्ने मौका पाएका थिए ।

 
२४ औं मिनेटमा अञ्जन विष्ट प्रहार गरेको फ्रिकिक पोष्टको नजिकैबाट बाहिरीन पुग्यो । ३२ औं मिनेटमा नेपालले अर्को अवसर पाएको थियो । तर आयुष घलानले डिबक्समा पाएको अवसरलाई आत्मसाथ गर्न सकेनन् । अञ्जन विष्टले डिबक्समा मिलाएको बललाई आयुषले राम्रोसँग कनेक्ट गर्न सकेनन् । 


नेपालले पहिलो हाफ डरलाग्दो आक्रमण गर्न सकेन । त्यसको विपरित बंगलादेशले केहि मौका पाएपनि आत्मसाथ गर्न सकेन । यस्तैमा पहिलो हाफको अन्तिममा अञ्जन विष्टले पहेलो कार्ड पाए । यो प्रतियोगितामा उनले दोस्रो पहेलो कार्ड पाए । जसका कारण यदि नेपाल फाइनलमा पुगेको खण्डमा उनले खेल्न नपाउने भएका छन । 


पहिलो हाफका इन्जुरी समयमा नेपालका आयुष घलानले अवसर पाएपनि त्योपनि गुमाउन पुगे । रोहित चन्दको क्रसमा आयुष घलानको हेडर पोष्टको माथिबाट बाहिरीयो । जसका कारण नेपाल पहिलो हाफमा एक शुन्यले पछाडी पर्यो । 
दोस्रो हाफमा नेपालले केहि आक्रामक खेल खेलेको थियो । ४९ औं मिनेटमा आयुष घलानको फ्रिकिक प्रहारलाई बंगलादेशी गोलकिपर अनिसुर रहमानले पन्च गरे । 


५३ औं मिनेटमा नेपाल गोलको नजिकै पुगेरपनि चुक्न पुग्यो । अनन्त तामाङबाट आएको हेडर बललाई आयुष घलानले डिबक्समा गरेको हेडको प्रयासलाई बंगलादेशी गोलकिपर अनिसुरले उत्कृष्ट बचाउ गरे । 


त्यसको दोस्रो मिनेटमा नेपाल दोस्रो गोल खानबाट बच्यो । बंगलादेशका सुमन रेजाको प्रहारलाई गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे । वन भर्सेस वनको अवस्थामा किरणले बचाएका थिए । ६४ औं मिनेटमा बंगलादेशका रेजाले गरेको प्रहारलाई फेरी किरण चेम्जोङले बचाए । 


६९ औं मिनेटमा गौतम श्रेष्ठको क्रमसमा रोहित चन्दले डिबक्समा गरेको हेडर पोष्टको नजिकैबाट बाहिरीदा नेपाली समर्थक चुकचुकाउन पुगे । ७२ औं मिनेटमा बंगलादेशका सुमन रेजाले लामो दुरीबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । 

७५ औं मिनेटमा सुमन अर्यालको प्रहारमा मनिष डाँगीले हेडको प्रयास गरेपनि बंगलादेशी गोलकिपरले बचाए । ७८ औं मिनेटमा बंगलादेशी गोलकिपर अनिसुरले डिबक्स बाहिर आएर अञ्जन विष्टलाई फल गरेपछि सोझै रातो कार्ड पाएर बाहिरीएका थिए ।

जसका कारण नेपालले पाएको फ्रिकिकलाई पनि अन्तिममा बंगलादेशी गोलकिपर रानाले बचाए । 
८६ औं मिनेटमा नेपालले पेनाल्टी पायो । डिबक्समा अञ्जन विष्टलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसलाई अञ्जन विष्टले नै गोल गर्न सफल भए । खेलको अन्तिममा गोल फर्काए । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey