दोस्रो दाङ भ्याली खुला क्रीकेटमा आज सेमिफाइनलका खेल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-२७
  • |
  • 956 पटक हेरिएको

 लक्ष्मण बस्नेत  ।
दाङको तुलसीपुरमा जारी दोस्रो ईन्टर दाङ भ्याली  टि- २० क्रीकेट च्याम्पियनसिप आज सेमिफाइनलका खेल हुदैछन् ।

डि भि सि सि दाङको आयोजनामा तथा पार्टी फ्लो रेस्टुरेन्ट  तुलसीपुरको मुख्य प्रायोजनमा महेन्द्र माबी खेलमैदान तुलसीपुरमा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एन सि ए घोराही र टि एस सि तुलसीपुर भिड्नेछन् ।

खेल अहिले बिहान ९ बजे देखि सुरु हुनेछ । त्यस्तै  दोस्रो सेमिफाइनलमा वाई ओ टि तुलसीपुर र टि सि ए तुलसीपुर आमनेसामने हुनेछ्न् ।  खेल दिउँसो १ बजे हुने आयोजक क्लबका अध्यक्ष आभाष बुढाथोकीले जानकारी दिनु भएको छ ।

पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डि भि सि सी ले जिल्ला मा क्रीकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ क्रीकेट च्याम्पियनसिप को आयोजना गरेको बताएको छ ।

प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिता मा जिल्लामा स्थापित क्रीकेट क्लबका ११ टिमको सहभागिता रहेको थियो । 
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेस्ट ब्याट्सम्यान,बेस्ट बलर,वेस्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र मोस्ट सिक्स प्रहार गर्ने खेलाडी लाई पुरस्कृत गरिने उपाध्यक्ष सागर देवकोटाले जानकारी दिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey