त्रिभुवन आर्मीको यु–१३ फुटबल युथ एकेडेमी औपचारिक रुपमा सुभारम्भ

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-१९
  • |
  • 1594 पटक हेरिएको

नेपाली सेनाको विभागीय टीम त्रिभुवन आर्मी क्लबले १३ वर्षमुनिका खेलाडी संलग्न रहने यु–१३ फुटबल युथ एकेडेमी सञ्चालनमा ल्याएको छ ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रममा खेलाडीलाई फुटबल हस्तान्तरण गर्दै आर्मीको पहिलो युथ एकेडेमी सञ्चालनमा आएको घोषणा गरेका थिए । नेपाली फुटबलका सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा एकेडेमी सञ्चालनमा आएको हो ।

त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स लिएपछि तेह्र वर्षमुनि र १८ वर्षमुनिका खेलाडीको टिम क्लब मातहत रहनुपर्ने  प्रावधानअनुसार एकेडेमी स्थापना गरेको हो ।

एकेडेमी स्थापना हुनुअघि देशभरबाट पहिलो चरणमा १६६, दोस्रो चरणमा ७२ र तेस्रो चरणमा ४२ जना युथ खेलाडी छनोट गरिएको थियो । 

छनोट भएका ती खेलाडीलाई  सुरक्षा निकायका तीन विभागीय टोलीमा १४–१४ जनाका दरले गोलाप्रथाद्वारा विभाजन गरिएको थियो । सेनाले १४ मध्ये अतिविपन्न युथ खेलाडीलाई सैनिक महाविद्यालयमा अध्याका लणि पुरै छात्रवृत्ति प्रदान गरेको छ ।
त्रिभुवन आर्मी क्लबले  खेलाडी उत्पादन गर्ने मुख्य स्रोतको रूपमा रहेको एकेडेमीलाई पूर्णता दिन देशभरका सैनिक विद्यालयबाट उत्कृृष्ट १५० खेलाडी एकीकृत गराई त्यसमध्येबाट ११ जना खेलाडी छनोट गरेको थियो ।
सेनाले अघिल्लो छनोटमा परेका १४ र पछि छानिएका ११ समेत गरी  २५ युथलाई भदौ २७ गतेबाट प्रशिक्षण दिँदै आएको छ ।

एकेडेमी स्थापनाका अवसरमा आयोजित अण्डर–१३ मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाका उपसेनानी भरत खवासको कप्तानीमा सेतो–हरियो जर्सीमा रहेको टिमले सहसेनानी जर्ज  प्रिन्स कार्कीको नेतृत्वमा सेतो–निलो जर्सीमा रहेको फुटबल टिमलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्‍याे ।

कप्तान खवास टिमका दक्ष लामाले प्रहार गरेको बललाई निकेश श्रेष्ठले रोक्ने क्रममा आत्मघाती गोल भएको थियो । सो अवसरमा खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराइएको खेल सामग्री हस्तान्तरण गरियो । एकेडेमी घोषणा कार्यक्रममा प्रधानसेनापति शर्माले विलक्षणयुक्त प्रतिभावान खेलाडीद्वारा भएको खेल प्रदर्शनीबाट आफू ज्यादै प्रभावित भएको बताए । 

कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलकुदको विकास गर्ने क्रममा मुलुकका ६० स्थानमा खेल केन्द्र सञ्चालन गरेकामा सेनाले चार स्थानमा सहयोग पु¥याइरहेको जानकारी दिए । साथै उनले आउँदो शैक्षिक सत्रमा यु–१३ महिला खेलाडी तयार गर्न एन्फाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नेपाली सेना सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले मुलुकको खेलकुद क्षेत्रको विकास र विस्तार गर्ने उद्देश्यले तहगतरुपमा  क्षमतावान र उत्कृष्ट खेलाडी तयार गर्ने क्रममा एकेडेमीको स्थापना भएको जानकारी दिए ।  


#त्रिभुवन आर्मी

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey