साफका लागि नेपाली फुटबल टिमकाे घाेषणा, बिकेश र राजन बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-१०
  • |
  • 2141 पटक हेरिएको

हाइलाइट्स

  • मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडीको अन्तिम नामावली छनोट गरेका हुन । 

आसन्न साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडीको अन्तिम नामावली छनोट गरेका हुन । 

हाल साफको तयारीको लागि कतारको दोहामा रहेको नेपाली टिममा रहेका दुई खेलाडीलाई बाहिर राखिएको छ ।

जसमा गोलकिपर विकेश कुथु र राजन गुरुङ छन । 

अक्टोबर एक तारिखबाट सुरु हुने साफ च्याम्पियनसिपका लागि विशेष प्रशिक्षणमा दोहामा रहेको नेपाली टिममा रहेका कुल खेलाडीबाट दुई जना कटौती गरिएको हो । जसमा विकेश कुथु र राजन गुरुङ रहेका छन । 

दोहामा प्रशिक्षणका लागि २५ खेलाडी गएका थिए । जसमा साफको प्रावधान अनुसार २३ खेलाडीलाई छनोट गरिएको हो । नेपालले साफ च्याम्पियनसिपको पहिलो खेलमा नै साविक विजेता माल्दिभ्ससँग खेल्नेछ । 

त्यसपछि श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने तेस्रो खेलमा भारत र चौथो खेलमा बंगलादेशसँग खेल्नेछ । 

नेपाली टिमः

किरण चेम्जोङ, दिप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरजजिउ ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनील बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey