फ्रेच लिग वानमा पीएसजीको लगातार सातौं जित

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०७
  • |
  • 899 पटक हेरिएको

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले जारी सिजनमा लगातार सातौं जित दर्ता गरेको छ ।

अपराजित रहेको पीएसजी २१ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । गएराति भएको खेलमा पीएसजीले पुछारमा रहेको मेट्जमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको हो ।

पीएसजीको सेटमा लियोनल मेस्सी थिएनन भने नेयमार र एम्बाप्पे भने खेलेका थिए । पीएसजलाई जिताउनका लागि अचरफ हाकिमीले २ गोल गरेका थिए । 

५ औं मिनेटमा हाकिमीले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाए । बउबकर कौयटले गोल गर्दै ३९ औं मिनेटमा मेट्जलाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा हाकिमीले गोल गर्दै पीएसजीलाई जित दिलाएका थिए ।

तर, ९१ औं मिनेटमा मेट्जका डेलान ब्रुन र फेडरिक एन्टोनेटी रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि खेल तनावपूर्ण बनेको थियो ।

९ खेलाडीमा झरेको मेट्जमाथि पीसजीले ९५ औं मिनेटमा गोल गरेको थियो । सोही गोल नै पीएसजीलाई अपराजित राख्न पयाप्त बन्यो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey