घरेलु मैदानमै बार्सिलोना बराबरीमा रोकियो

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०६-०५
  • |
  • 477 पटक हेरिएको

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले तालिकामा एक अंक थप गरेको छ । सोमबार राति ग्रानडासँग एक एक गोलको बराबरी खेल्दै तालिकामा एक अंक थपेको हो ।

पराजय नजिक पुगेको बार्सिलोनाले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै एक अंक लिएको थियो । घरेलु मैदान क्याम्प नाउमा बार्सिलोना दोस्रो मिनेटमै पछि परेको थियो ।

ग्रानडाका लागि डोमिंगो डुराटिसले गोल गर्दै अग्रता दिलाएका थिए । उनले सर्जियो इक्युसडरोको पासमा गोल गरेका थिए । सोही गोलको अग्रता दोस्रो हाफको अन्तिम मिनेटमा खोल खाएपछि ग्रानडाले महत्वपूर्ण २ अंक गुमाउन पुग्यो ।

बार्सिलोनाका लागि रोनाल्ड अरुगोले गोल गरेका थिए । यो नतिजासँगै बार्सिलोना ४ खेलबाट ८ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने ग्रानडा ३ अंकसहित १७ औं स्थानमा छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey