ओमान क्रिकेटको विकासका नायक पंकज खिम्जी भन्छन्-'नेपालले धेरै गर्न सक्छ, तर अठोट भएका ब्यक्ति र सिस्टम चाहिन्छ'

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०६-०२
  • |
  • 11871 पटक हेरिएको

हाइलाइट्स

  • क्रिकेटलाई राम्रोसँग विकाश गर्ने हो भने पूर्व क्रिकेटरको नै खाँचो हुने बताए । 
  • नामै तोकेर पारस खड्कालाई नेपाली क्रिकेट चलाउन दिनुपर्ने बताए । 

कुनैपनि खेलको पुर्वाधार निर्माण गर्ने हो समय भन्दापनि दृढ इच्छाशक्ति र उचित सिस्टम भयो भने सहजै बन्न सक्छ भन्ने उदाहरण ओमान क्रिकेट संघले देखाएको छ । नेपालमा क्रिकेटको अर्को एउटा रंगशाला बनाउनका लागि बर्षाैदेखि समर्थक कुरिरहेका छन् । यस्तैमा पछिल्लो पटक धुर्मुस सुन्तली फाउन्डेसनले मैदानको निर्माण गर्छु भनेर काम सुरु गरेपछि अहिले १५ करोड रुपैयाँ उधारो भएपछि काम नै ठप्प भएको छ । यस्तै पछिल्लो करिव दुई दशकदेखि मुलपानी क्रिकेट मैदान बन्दैछ भन्ने चर्चा चर्चामै सिमित छ । अहिले पनि कीर्तिपुर मैदान बाहेक अरु कुनै ठाउँमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता गर्नका लागि क्रिकेट रंगशाला छैन । 

नेपालमा काम गर्नका लागि सबै कुरा छ, तर सिस्टम छैन । सरकारले पनि झिनो बजेट दिने, त्यो पनि कहिले के लफडा कहिले के लफडा हुँदा बजेट कहिले फ्रिज हुने गरेको छ भने कहिले बजेटकै कारण काम हुन सकेको छैन । 

त्यसको ठिक विपरित ओमान क्रिकेट संघले आफ्नो घरेलु मैदानका रुपमा दुई वटा मैदानलाई अहिले अन्तराष्ट्रिय स्तरको बनाएको छ । त्यसमा एक एकदिवसिय मान्यता मैदान छ भने एकले टेष्ट मान्यता पाइसकेको छ । ओमानले अल अमारतमा क्रिकेटको पूर्वाधार बनाउने भनेर घोषणा गरेको पनि धेरै भएको छैन । सन् २००८ मा पहिलो पटक अब ओमानमा क्रिकेट पूर्वाधार बनाउने भनेर घोषणा भयो । त्यसको चार बर्षमा करिव २० लाख ओमानी रियालमा मस्कटबाट १५ किलोमिटर टाढा रहेको अलअमारतमा बालुवा नै बालुवा भएको स्थानमा हरियो क्रिकेट मैदान तयार भयो । त्यसैको आँडमा ओमान क्रिकेट संघले आफ्नो अफिस र एकेडेमी बनायो । सन् २०१२ को अक्टोबरमा पहिलो खेल खेलिएको थियो ओमान क्रिकेटको मैदानमा । 

सन् २०१९ मा पनि फाइब नेशन्स क्रिकेट प्रतियोगिताका लागि रिपोर्टिङमा जाँदा ओमान क्रिकेट एकेडेमीको मैदान यस्तो थियो । मैदान हरियो भए पनि वरिवरी खाँसै पुर्वाधार थिएन । तर यो हो अहिलेको क्रिकेट रंगशाला । दुई बर्षमा नै ओमान क्रिकेट संघले आफ्नो होम ग्राउण्डलाई पूर्ण रुपमा अन्तराष्ट्रियस्तरको बनाएको छ ।

विश्वमा पहिलो पटक एलइडी फ्लड लाइट राखेको छ भने दर्शकका लागि प्यारापिट निर्माण गरेको छ । यतिमात्र होइन, यो मैदानमा चाँडै टेष्ट सिरिज आयोजना गर्ने योजना ओमान क्रिकेट संघको रहेको छ । हुन त ओमानमा आफ्नो देशका नागरिक क्रिकेटमा त्यति रुची नराख्ने भएकाले पनि पाकिस्तान र भारतबाट आएका आप्रवासिले क्रिकेट खेल्ने गरेका छन् । तर अबको आठ १० बर्षमा पुरै ओमानी खेलाडी राष्ट्रिय टिममा राख्ने संघको योजना छ । 

पछिल्लो पटक ओमान एसोसियट क्रिकेटमा पावरहाउसका रुपमा उदाहएको छ । छिमेकी देश यूएईमा क्रिकेटका राम्रो पुर्वाधार हुँदापनि राष्ट्रिय टिमले राम्रो गर्न नसकेको बेला ओमान मिडिलइष्टको पावरहाउस क्रिकेट देश बन्ने लक्ष्यमा छ । ओमानको क्रिकेट बिकाशमा एकोहोरो रुपमा लाग्ने एक ब्यक्ति हुन पंकज खिम्जी । अझ भनौं खिम्जी परिवारले नै ओमान क्रिकेटको विकास गरेका हुन् । ओमानको ठूलो ब्यवसायीक घराना रहेको खिम्जी परिवारले नै ओमान क्रिकेट एकेडेमी बनाउँदा ५० हजार ओमानी रियाल अनुदान गरेको थियो । त्यो भनेको नेपाली करिव डेढ करोड भन्दा बढि रुपैयाँ हुन आउछ । 

आसन्न टी २० विश्वकपको आयोजना गर्ने लक्ष्यमा रहेको ओमानले आफ्नो पूर्वाधारलाई विश्व स्तरसम्म पुर्याएको छ । उसको यो करामद देखेर नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले पनि चकित भएकाे बताएका थिए । अहिले जुन तरिकाले ओमानले क्रिकेटमा लगानी गरेको छ । त्यो हेर्दा अबको दुई तीन बर्षमा यो यूएई जस्तै तथष्ट भेन्यु हुने पक्का छ ।

यतिमात्र होइन ओमान क्रिकेट संघ अध्यक्ष पंकज खिम्जीको टिम र ओमान क्रिकेटको ब्यवस्थापन पनि निकै सशक्त रहेको छ । जसले गर्दा पनि क्रिकेटको विकास भनेपनि संघका एकजना पदाधिकारी पनि नकारात्मक सोच्ने छैनन् । यदि त्यसो भएको खण्डमा बोर्डबाट नै ती ब्यक्तिलाई बाहिर राख्ने सिस्टम ओमान क्रिकेटमा छ । अहिले दुई मिलियन डलर भन्दा बढि खर्च गरेर टी २० विश्वकपका लागि मैदानमा पूर्वाधार तयार पारिँदैछ । दिन रात गरेर पूर्वाधारको काम अन्तिम अवस्थामा पुर्‍याएकाे छ । यतिमात्र होइन, फ्लर्डलाइटका कारण अहिले डे नाइट गेम गरिरहेको छ । चाँडै श्रीलंका, बंगलादेशले ओमानमा क्रिकेट खेल्ने तालिका छ । 

उनले ओमान क्रिकेटका राम्रो सिस्टम भएकाले पनि अहिलेको अवस्थामा आएको र अबको १० बर्षमा अर्को स्तरमा पुर्‍याउने, र ओमानलाई तथष्ट रुपमा सिरिजको आयोजना गर्ने देशमा पुर्ण रुपमा काम गर्ने बताए । एशियन क्रिकेट काउन्सिलमा समेत जिम्मेवार पदमा रहेका खिम्जीले नेपालमा जुन किसिमको क्रिकेटको संस्कार, क्रेज र क्रिकेटमा लगाव छ, त्यसले आफु निकै लोभिएको र त्यहि कुरा ओमानमा पनि बनाउन खोजिरहेको बताए । 

नेपाललाई सुझाव

तर नेपालमा क्रिकेटमा गर्न सक्ने धेरै कुरा भए पनि अहिलेसम्म एउटा मात्र मैदान छ भन्ने निकै अचम्ममा परेको बताए । उनले अबको पाँच बर्षमा ओमानमा अरु दुई देखि तीन वटा हरियो घाँसे मैदान तयार पार्ने योजना रहेको बताए । 

साथै उनले यदि खेलाडीलाई खुसी राख्ने हो र उनीहरुबाट नतिजाको अपेक्षा गर्ने हो भने खेल्न बाहेक अरु कुरामा ध्यान दिन लगाउन नहुने बताए । साथै, क्रिकेटलाई क्रिकेटरले नै चलाउने हो । क्रिकेटलाई राम्रोसँग विकास गर्ने हो भने पूर्व क्रिकेटरको नै खाँचो हुने बताए । उनले सोझै नामै तोकेर पारस खड्कालाई नेपाली क्रिकेट चलाउन दिनुपर्ने बताए । 

पछिल्लो पटक क्रिकेटको उदयीमान टिमका रुपमा रहेको ओमानले निकट भविष्यमा नै नेपाललाई पछि पार्ने पक्का छ । चाँडै उसले आफुलाई टेष्ट देशका रुपमा अगाडी उभ्याउने लाइनमा छ । उसले अबको आठ १० बर्षमा के गर्ने भन्ने योजना अहिले नै बनाइसकेको छ । 

हाल पाकिस्तान र भारतीय खेलाडीको बाहुल्यता रहेको ओमान टिममा अबको ८ बर्षमा पुरै टिम ओमानी हुने दाबी खिम्जिले गरेका छन् । त्यसका लागि ओमान क्रिकेटले विभिन्न ८ वटा स्थानमा रहेका सरकारी स्कुलसँग क्रिकेटको एकेडेमी सञ्चालनका लागि काम सुरु गरेको छ । क्रिकेट भनेपछि निकै प्यासोनेट रहेका खिम्जीले ओमानमा फ्रेन्चाइजी लिग गर्ने कुनै योजना नभएको बताए । उनले फ्रेन्चाइजी प्रतियोगिताले खेलको विकास कुनैपनि हालतमा नहुने बताउछन् । 

खेलाडीको आम्दानीका रुपमा केहि राम्रो भएपछि तर ती प्रतियोगिता कति समयसम्म चल्छन भन्ने नै एकिन नहुने बताए । त्यसैले फ्रेन्चाइजी लिग गरेर चर्चा कमाउनु भन्दा पुर्वाधारको विकाशमा लगानी गरेर र घरेलु क्रिकेटलाई बलियो बनाएर ओमानलाई अर्को लेभलरमा पुर्याउने सोचमा पंकज खिम्जि रहेका छन् । 

उनको लगाव र भिजनमा ओमान क्रिकेटमा हुन्न भन्न सक्ने कोहि पनि छैन । टी २० विश्वकप आयोजनाको तयारीमा जुटिरहेको ओमानले भविष्यमा टेष्ट सिरिजको आयोजनाको योजना बनाएको छ । आइसीसीले ओमान क्रिकेट एकेडेमीको टर्फ टु लाई टेष्ट मान्यता दिइसकेको छ । जसका कारण पनि उसको यो योजना पुरा हुने देखिएको छ । 

आखिर यस्तो दुर्तगतिमा ओमान क्रिकेट संघ कसरी विकास गर्न सक्यो, उसको चाहना, भविष्यको योजना र यसले नेपाली क्रिकेटमा कस्तो प्रभाव पार्नसक्ला भन्ने विषयमा ओमान क्रिकेट संघका प्रमुख पंकज खिम्जिसँग कुराकानी गरेका छौं । 

हेरौं ओमान क्रिकेटको विकाश र पंकज खिम्जीसँगको अन्तरवार्ता

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey