पूर्व सदस्य–सचिव राणाको पशुपतिमा अन्त्यष्टि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२६
  • |
  • 460 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रुक्मशमशेर राणाको निधन भएको छ । राणाको शुक्रबार राती ८५ वर्षको उमेरमा बत्तीसपुतलीस्थित निवासमा निधन भएको हो ।

स्व. राणा दुईपटक राखेपको सदस्य–सचिव बनेका थिए । उनी नेपाल ओलम्पिक कमिटी (एनओसी), नेपाल तेक्वान्दो संघ, नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष हुन् । राणा एनओसीका मानार्थ अध्यक्ष थिए ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले राणाको पार्थिव शरीरमा राखेपको झण्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व. राणाको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्ति गरिएको छ ।

राखेपले राणाको निधनमा गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । राणाको निधनमा राखेपले आइतबार अपरान्ह ४ः०० बजे, त्रिपुेश्वरस्थित राखेप परिसरमा शोकसभा आयोजना गर्ने भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey