राखेपका पूर्व सदस्यसचिव रुक्मशमसेर राणाको निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२६
  • |
  • 729 पटक हेरिएको

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद ९राखेप०मा दुईपल्ट सदस्यसचिवको जिम्मेबारीमा रहेका रुक्मशमसेर राणाको निधन भएको छ । 

राणाको ८५ वर्षको उमेरमा काठमाडौंको बत्तीसपुतलीस्थित निवासमा शुक्रबार साँझ निधन भएको ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिए । मिर्गौला प्रत्यारोपणपछि उनी नियमित डायलाइसिस गर्दै आएका थिए । 

राणा नेपाली खेलकुदमा राणाले राखेप र ओलम्पिक कमिटी गरी लामो समयसम्म विताका थिए । उनी २०५० सालपछि १ वर्ष र २०५४ सालपछि १ वर्ष राखेप सदस्यसचिव बनेका थिए । 

२०५९ सालमा उनी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष बने ।

त्यसयता ओलम्पिक विवाद सुरु भएको थियो ।

दुई वर्षअघि ओलम्पिक कमिटीको निर्वाचनको समयमा सहमती गरेपछि तथा डेढ वर्षअघि नयाँ ऐन लागू भएपछि उनी नेतृत्वको कमिटी स्वतः भंग भयो । उ

नी ओलम्पिकमा मानार्थ अध्यक्षसमेत थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey