इंग्ल्याण्डविरुद्धको चौथो टेष्टमा भारतले नाटकीय तरिकाले जित निकालेको छ । द ओभलमा भएको खेलमा भारतले इंग्ल्याण्डलाई एक सय ५७ रनले हरायो । जितसँगै भारतले पाँच खेलको सिरिजमा दुई एकको अग्रता बनाएको छ ।
पहिलो पारीमा मात्र एक सय ९१ रनमा अलआउट भएको भारतले दोस्रो पारीमा उत्कृष्ट पारी खेलेको थियो । जसमा उसले दोस्रो पारीमा चार सय ६६ रन बनाएको थियो ।
भारतका लागि दोस्रो पारीमा रोहित शर्माले एक सय २७ रनको शतकीय पारी खेले । यस्तै चेतेश्वर पुजाराले ६१ तथा सारदुल ठाकुरले ६० र रिसब पन्तले ५० रनको पारी खेले ।
पहिलो पारीमा दुई सय ९० रनमा अलआउट भएको इंग्ल्याण्ड दोस्रो पारीमा मात्र दुई सय १० रनमा अलआउट भयो । पहिलो विकेटका लागि एक सय रनको साझेदारी गरेपनि त्यसपछि स्कोरबोर्डमा अरु एक सय १० रन बनाउँदा अलआउट भयो ।
इंग्ल्याण्डको पारीलाई सस्तैमा समेट्नका लागि उमेश यादवले तीन, जसप्रित बुम्राह, रविन्द्र जडेजा र सारदुल ठाकुरले दुई दुई विकेट लिए ।
इंग्ल्याण्डले ओभल मैदानमा ४७ बर्षपछि जित निकालेको हो । यसअघि उसले १९७२ मा जितेको थियो ।