नारिका सेमिफाइनलमा पराजित, काश्य भने पक्का

  • Image नेप्लेज
  • ९ भदौ २०७८, बुधवार
  • 977 पटक हेरिएको
नारिका सेमिफाइनलमा पराजित, काश्य भने पक्का

नेपाली बक्सर नारिका राई दुबईमा जारी एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा सेमिफाइनलमा पराजित भएकी छिन । हारपछि पनि उनले काश्य पदक भने पक्का गरेकी छिन । 

सेमिफाइनलमा नारिका भारतीय खेलाडीसँग अंकका आधारमा पराजित भइन ।

दुई राउण्डमा लगातार पछाडी परेपछि उनी पराजित भएकि हुन । दुबै राउण्डमा उनले भारतीय खेलाडीविरुद्ध अगाडी पर्न सकिनन् । 

हारपछि पनि सेमिफाइनलमा पुगेकाले उनले काश्य हात पारिन ।

यो प्रतियोगितामा पुरुषमा छिरिङले पनि काश्य पदक जितेका थिए । उनीपनि सेमिफाइनलमा पराजित भएका थिए । 

 

सम्बन्धित खबर