केल्मी र एएफसीबीच सम्झौता, एसियन कपमा केल्मीको बल प्रयोग हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-०८
  • |
  • 1052 पटक हेरिएको

हाइलाइट्स

केल्मीले नेपाली आधिकारिक विक्रेता कामारु ट्रेडिङमार्फत नेपाली राष्ट्रिय फुटबल टोलीलाई पनि तीन वर्षसम्म प्रायोजन गरेको थियो ।

नेपाली राष्ट्रिय भलिबल टोलीलाई हालै प्रायोजन गरेको केल्मीले नेपालका ए डिभिजन लगायतका क्लबहरुलाई पनि प्रायोजन गर्दै आएको छ । 

सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कपमा आधिकारिक म्याच बल पनि केल्मीकै प्रयोग हुनेछ ।

एजेन्सी । एसियाली फुटबल महासंघ (एएफसी)ले विश्वस्तरीय खेल सामाग्री उत्पादक कम्पनी केल्मीसँग प्रयोजन सम्झौता गरेको छ । सम्झौता अवधि सन् २०२४ सम्म कायम रहनेछ ।

प्रायोजकका साथसाथै केल्मीले एएफसीको ग्लोबल सपोटर्सका रुपमा समेत सहयोग गर्नेछ । सन् २०२२ देखि २०२४ सम्म एएफसीको आयोजनामा हुने बहुराष्ट्रिय फुटबल प्रतियोगितामा आवश्यक खेल पोशाक र सामाग्री केल्मीले उपलब्ध गराउनेछ । सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कपमा आधिकारिक म्याच बल पनि केल्मीकै प्रयोग हुनेछ । 

सम्भौतामा एएफसीका मुख्य सबै प्रतियोगितामा केल्मीको सहभागिता हुनेछ । एएफसी एसियन कप छनोट– रोड टू कतार, एसियन कप, एएफसी महिला एसियन कप– २०२२ (भारत), एएफसी यू–२३ एसियन कप २०२२ (उज्वेकिस्तान) लगायतका प्रतियोगितामा केल्मीको प्रायोजन रहने उल्लेख छ ।

केल्मीसँग व्यवसायिकरुपमा फुटबलमा केन्द्रित रहेर खेल सामाग्री उत्पादन गर्न थालेको ६० वर्षको इतिहास छ । केल्मीले हाल ला लिगामा शीर्ष र दोस्रो डिभिजनका क्लबहरुसँग सम्झौता गरेको छ । इंग्लिस प्रिमियर लिग क्लब र रुसको उपर लिग क्लब तथा अन्य अन्तर्राष्ट्रिय स्पोर्टस क्लबसँग पनि सम्भौता गरेको छ । 

केल्मीले नेपाली आधिकारिक विक्रेता कामारु ट्रेडिङमार्फत नेपाली राष्ट्रिय फुटबल टोलीलाई पनि तीन वर्षसम्म प्रायोजन गरेको थियो । टोकियो ओलम्पिक खेल्ने नेपालको ओलम्पिक, पाराओलम्पिक टिमलाई पनि केल्मीले प्रायोजन गरेको छ । 

नेपाली राष्ट्रिय भलिबल टोलीलाई हालै प्रायोजन गरेको केल्मीले नेपालका ए डिभिजन लगायतका क्लबहरुलाई पनि प्रायोजन गर्दै आएको छ । 

यसका अलावा चीनमै उत्पादन हुने स्पेनिस ब्राण्ड केल्मीले चिनियाँ महिला सुपर लिग, चिनिया लिग वान, चिनिया लिग टू र अन्य क्लबहरुलाई पनि प्रायोजन गरिरहेको छ ।

‘केल्मी संसारकै एउटा अग्रणी खेल सामाग्री उत्पादन कम्पनीमध्ये एक हो । हामीसँगको सहकार्य र विश्वासका लागि धन्यबाद दिन चाहन्छौं,’ एएफसीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो साथले विश्वस्तरीय प्रतियोगितामा एएफसीको उपस्थिति यसअघि भन्दा बलियो हुनेछ र यो साझेदारीले दुवै पक्षको महत्वाकांक्षा साकार पार्न सक्षम हुनेछ भन्ने विश्वास छ ।’

केल्मीका अध्यक्ष की योङजियाङले एएफसीसँगको सम्झौताबाट खुसी लागेको प्रतिक्रिया दिँदै एसियाको फुटबल विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । यो सम्झौता एएफसीको बाणिज्य साझेदार फुटबल मार्केटिङ एसियामार्फत सम्भव भएको हो ।  

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey