पुरुष भलिबलमा पहिलो पटक फ्रान्सलाई स्वर्ण 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-२३
  • |
  • 1962 पटक हेरिएको

टोकियो ओलम्पिक अन्तर्गत पुरुष तर्फको स्वर्ण पदक फ्रान्सले जितेको छ । शनिबार भएको फाइनलमा रसियन ओलम्कि कमिटीलाई ३–२ को सेटमा पराजित गर्दै फ्रान्सले स्वर्ण पदक जित्न सफल भएको हो ।

लगातार दुई सेट जित्दै स्वर्ण पदक नजिक पुगेको फ्रान्सविरुद्ध रसियन ओलम्पिक टिमले निकै चुनौती दिएको थियो । पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको फ्रान्सले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो र चौथो सेटमा रसियन टिमले उत्कृष्ट कमब्याक गर्दै फ्रान्समाथि २–२ को सेट बराबरी गरेको थियो ।

रसियन टिमले दुवै सेट २५–१७, २५–१७ ले जितेको थियो । त्यसपछि अन्तिम सेटको खेल पनि निकै प्रतिस्पर्धात्मक बनेको थियो । जसमा फ्रान्सले १५–१२ले जित निकाल्दै स्वर्ण पदक पक्का गर्न सफल भयो ।  फ्रान्सले भलिबलमा पहिलो पटक स्वर्ण पदक जित्न सफल भएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey