८ सय मिटरको स्वर्ण केन्याका कोरीरले जिते
- नेप्लेज
- |
- २०७८-०४-२०
- |
- 921 पटक हेरिएको
टोकियो ओलम्पिक अन्तर्गत आठ सय मिटर दौडको स्वर्ण केन्याका किप कुरुइ इमानुयल कोरीरले जितेका छन ।
उनले निर्धारीत दुरी एक मिनेट ४५ दशमलव शुन्य ६ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते ।
दोस्रो स्थानमा पनि केन्याकै चुरुयोट फर्गुसनले जिते । जसमा उनले दुरी एक मिनेट ४५ दशमलव २३ सेकेण्डमा पुरा गरे ।
तेस्रो स्थानमा पोल्याण्डका प्याट्रिकले हात पारे । उनले दुरी एक मिनेट ४५ दशमलव ३९ सेकेण्डमा पुरा गरे ।
भलिबल अन्तर्गत महिला तर्फ दक्षिण कोरीयाले टर्कीलाई तीन दुईको सेटमा हराउँदै सेमिफाइनलमा पुग्यो ।
यस्तै अर्को क्वाटरफाइनलमा अमेरीकाले डोमिनिकनलार्ई तीन शुन्यको सोझो सेटमा हरायो भने सर्वियाले इटलीलाई पनि तीन शुन्यले नै पराजित गर्यो ।