भारतकी चानुले जितिन ओलम्पिकमा भारत्तोलनमा रजत

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०९
  • |
  • 772 पटक हेरिएको

हाइलाइट्स


  • भारतकी चानुले जितिन ओलम्पिकमा भारत्तोलनमा रजत

जापानमा जारी टोकियो ओलम्पिकमा भारतीय खेलाडी मिराबाई चानुले रजत पदक हात पारेकी छिन ।

उनले भारत्तोलनको महिला ४९ केजी तौल समुहमा रजत जितेकी हुन । 

भारतको मनिपुरकी खेलाडी मिराबाईले कुल दुई सय दुई केजी तौल उचालेर रजत जितेकी हुन ।

सो स्पर्धामा स्वर्ण भने चीनकी होउ झिहुइले जितेकी छिन । उनले कुल दुई सय १० केजी तौल उचालिन ।

 मिराबाईले स्न्याचमा ८७ र क्लिन एण्ड जर्कमा एक सय १५ केजी तौल उचालेकी छिन ।

विश्व च्याम्पियन रहिसकेकी चानुले ४८ केजी तौल समुहमा कमनवेल्थ गेम्समा स्वर्ण जितेकी थिइन । 

चीनकी होउले स्न्याचमा ९४ केजी र क्लिन एण्ड जर्कमा एक सय १६ केजी तौल उचाल्दै स्वर्ण जितिन । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey