सुटिङ कल्पनाको राष्ट्रिय कीर्तिमान, अर्को चरण प्रवेश असफल
- नेप्लेज
- |
- २०७८-०४-०९
- |
- 1121 पटक हेरिएको
टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
शनिबार (आज) विहान भएको छनोट चरणमा कल्पनाले ६ सय १६ दशमल ८ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
उनले १३ औं सागमा ६ सय १४ दशमलब ५ अंक जोड्दै बनाएको कीर्तिमान तोडेकी हुन् ।
राष्ट्रिय कीर्तिमान बनाएपनि उनी ओलम्पिकमा ४६ औं स्थानमा रहिन् । ५० जनाले प्रतिस्पर्धा गरेका थिए ।
सुटिङ खेलाडी कल्पनाले वाइल्ड कार्ड पाउँदै टोकियो २०२० ओलम्पिकमा सहभागिता जनाएकी हुन् ।