सनको टोटनहमसँग चार बर्षको नयाँ सम्झौता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०८
  • |
  • 786 पटक हेरिएको

हाइलाइट्स


  • बायर लिभरकुसेनबाट प्रिमियर लिगमा आएका सनले क्लवका लागि दुई सय ८० खेल खेलेका छन ।

टोटनहमका कोरियन खेलाडी सन ह्युङ मिङले क्लवसँग चार बर्षको नयाँ सम्झौता थपेका छन । 

टोटनहमका महत्वपुर्ण खेलाडीको सूचीमा पर्ने सन अब सन् २०२५ सम्म क्लवमा बस्ने भएका छन । २९ बर्षे फरवार्ड मिङ २०१५ देखि टोटनहमबाट खेलिरहेका छन ।

बायर लिभरकुसेनबाट प्रिमियर लिगमा आएका सनले क्लवका लागि दुई सय ८० खेल खेलेका छन । जसमा उनले एक सय सात गोल गरेका छन भने ६४ एसिस्ट गरेका छन । 

दक्षिण कोरीयाका लागि पनि महत्वपुर्ण खेलाडी रहेका सनले देशका लागि ९१ खेलमा २७ गोल गरेका छन ।

उनले प्रिमियर लिगमा बर्नलीविरुद्धको खेलमा गोल गर्दा पुस्कास अवार्डका साथै प्रिमियर लिगको उत्कृष्ट गोलको उपाधि जितेका थिए । 

क्लवका अर्का महत्वपुर्ण खेलाडी हेरी केनले छोड्ने चर्चा चलिरहेका बेला सन् टिमको मुख्य खेलाडीका रुपमा हेरिएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey