गरिबीलाई छिचोल्दै स्टार बनेका ५ क्रिकेटर

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०७
  • |
  • 1215 पटक हेरिएको

पछिल्लो दशकमा विश्वका विभिन्न देशका क्रिकेटरहरुले क्रिकेटबाट थुप्रै नाम कमाएका छन् । अझ भनौँ अधिकांश क्रिकेटरहरु लाखौं हुँदै करोडपति पनि बनेका छन् । कतिपय अभिभावकहरु आफ्ना सन्तानलाई क्रिकेट खेलेको हेर्न रुचाउदैनन् तर हिजोआज समय बदलिएकोे छ । 

अभिभावकहरु स्वयं नै आफ्ना छोराछोरी क्रिकेट खेलोस भन्ने चहान्छन् । कारण, क्रिकेटबाट नामको साथ साथै आम्दानी पनि राम्रो हुने गर्दछ । उदाहरणका लागि भारतीय टिमका कप्तान बिराट कोहलीलाई लिन सकिन्छ ।

उनी विश्वकै सर्वाधिक महँगा क्रिकेटरमध्ये एक हुन् । सबै क्रिकेटरहरु धनी परिवारबाट हुँदैनन् ।  क्रिकेटमा नाम चलेका अधिकांश खेलाडीहरु गरिब पृष्ठभुमिबाट आएका हुन्छन् भने आफ्नै मिहिनेतका कारण क्रिकेटबाट लाखौँ र करोडौँ कमाउछन् । 

गरिब पारिवारिक पृष्ठभुमिबाट आएका ५ स्टार खेलाडीहरु । 

१. टी नटराजन

The strokes of luck that helped T Natarajan go from net bowler to strike  bowler | Cricket News - Times of India

भरतीय क्रिकेटर टी नटराजनको कथा इन्टरनेटमा भाइरल भएको थियो जसमा उनी एक गरिब परिवारबाट भएको र आफ्नो मिहेनतका कारण उक्त ठाउँसम्म पुगेकोे कुरा उल्लेख गरिएकोे थियो ।

उनको ५ जना दाजुभाई भएकाले उनले सानैदेखि ठूलो संघर्ष गर्नुपरेकोे थियो । अहिले उनी भारतकै एक सफल युवा खेलाडीकोे रुपमा चिनिन्छन् । 

२. रोहित शर्मा

Rohit Sharma: Rohit Sharma: The ODI cricket phenomenon - The Economic Times

रोहित शर्मा भारतिय क्रिकेट टिमका उपकप्तान हुन् । उनी पनि एक गरिब परिवारबाट थिए र उनले आफ्नो स्कुलको फि समेत तिर्न सक्दैनथे । तर क्रिकेटले रोहित शर्मा आज भारतिय क्रिकेटमा नाम र दाम दुबै कमाउने खेलाडी बनेका छन् । 

३. रविन्द्र जडेजा

Ravindra Jadeja's fielding makes him a must-have player in the limited  overs - Ajay Jadeja - YouTube

भरतको उत्कृष्ट अलराउण्डर क्रिकेटर मध्ये एक हुन् रविन्द्र जडेजा । उनको बुबा एक सेक्युरेटी गार्ड थिए भने उनका आमा एक नर्स थिए । बाल्यकालदेखि नै अभावमा जिउँदै आएका उनी अहिले सर्वाधिक महँगा क्रिकेटरमध्ये एक हुन् । 

४. रासिद खान

Rashid Khan returns to Sussex for 2021 Vitality Blast | Cricket News | Sky  Sports

अफगानिस्तानका उत्कृष्ट क्रिकेटरको रुपमा उदाएका रासिद खान प्राय सबैखाले टी २० खेल्ने लेग स्पिनर हुन् । उनले आफ्नो बाल्यकालमा अफगानिस्तानको विद्रोह र आर्थिक अभाव झेलेका थिए । उनी अहिले विश्वकै उत्कृष्ट बलरमध्ये एक हुन् । 

५. जसप्रित बुमराह

Jasprit Bumrah Relieved from National Duties to Prepare for his Marriage |  Times of Sports News Today, Latest Headlines Updates, Live Match Score

जसप्रित बुमराह भारतको सबैखाले फम्र्याट खेल्ने सफल बलर हुन् । उनले मुम्बई इन्डियन्सका लासग आइपिएल खेल्दै आएका छन् । उनी आफ्नो विगतलाई सम्झिँदा संघर्षको समयमा आफुसँग एकजोर जुत्ता र टि सर्ट मात्र भएको कुरा बताउने गर्दछन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey