आईसीसीद्वारा श्रीलंकामाथि जरिवाना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०७
  • |
  • 1135 पटक हेरिएको

हाइलाइट्स

  • भारतविरुद्धको दोस्रो एकदिवसिय खेलमा स्लो ओभररेटका कारण २० प्रतिशत म्याच फी जरिवाना लगाएको छ । 

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले श्रीलंकालाई जरिवाना लगाएको छ ।

भारतविरुद्धको दोस्रो एकदिवसिय खेलमा स्लो ओभररेटका कारण २० प्रतिशत म्याच फी जरिवाना लगाएको छ । 

आईसीसीले विहिबार घरेलु टिम श्रीलंकाले दोस्रो एकदिवसिय खेलमा स्लो ओभररेटमा बलिङ गरेको भन्दै जरिवाना लगाएको हो । 

आइसीसीको एलिट प्यानलले दसुन सनाकाको टिमलाई ओभर रेट भन्दा एक ओभर ढिलो गरेको भन्दै जरिवाना लगाएको हो ।

श्रीलंकन खेलाडीले पाउने म्याच फी को २० प्रतिशत रकम कटौती हुने भएको छ । 

यसका साथै आईसीसीले श्रीलंकन टिमले अपिल गरेको खन्डमा त्यसको कुनै सुनुवाई नहुने बताएको छ ।

अब तेस्रो एकदिवसिय खेलमा श्रीलंकाले भारतसँग शुक्रबार खेल्नेछ । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey