टोकियोको मुटुबिना धड्किरहेको ओलम्पिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०७
  • |
  • 877 पटक हेरिएको

हाइलाइट्स

  • जापानको एयरपोर्ट आफैंमा थकित र सुनसान देखिन्छन् । खाली सीटहरू, ठूलो ब्यानरहरू छैनन् र चहलपहल पनि एकदमै कम । संसारको सबैभन्दा व्यस्त एयरपोर्ट हनेडाको यो दृष्य निकै असुविधाजनक देखिन्छ ।

कोभिडको असर, स्थानीयको विरोध, ओलम्पिक भिलेजमा कोरोना देखिएपछि टोकियो ओलम्पिकको औपचारिक सुरुवात शुक्रबारबाट सुरु हुँदैछ ।

कोभिडका कारण नै एक बर्ष पछाडी धकेलिएको ओलम्पिकलाई आयोजकले सफल रुपमा सम्पन्न गर्ने बचन दिएपनि जापानमा ओलम्पिकको रौनक भने निकै कम देखिएको छ । 

हिन्दुस्तान टाइम्सले एक लेखमा गरेको उल्लेख अनुसार ओलम्पिकमा जुन चहलपहल हुनुपर्ने हो त्यो शुन्य जस्तै रहेको बताएको छ । जापानको एयरपोर्ट आफैंमा थकित र सुनसान देखिन्छन् । खाली सीटहरू, ठूलो ब्यानरहरू छैनन् र चहलपहल पनि एकदमै कम । संसारको सबैभन्दा व्यस्त एयरपोर्ट हनेडाको यो दृष्य निकै असुविधाजनक देखिन्छ ।

टोकियो ओलम्पिकका लागि उड्ने हरेक खेलाडीका लागि हनेडा एयरपोर्टको अवतरण वास्तवमै खल्लो हुनेछ । तर विमानबाट देखिन दृष्य त्यहाँ पुग्ने यात्रुका लागि छोटो समयको एन्टिडोट भ्याक्सिन जस्तै हुनेछ । सूर्यको सुरुको किरणहरू, माउन्ट फुजीको चमक,टोकियो खाडीको सफा निलो पानीले जापानमा गोल्ड मेडल जित्ने जो कोही खेलाडीलाई क्षणिक मोह प्रदान गर्नेछ ।

जापानको राजधानी शहरले संसारको सबैभन्दा ठूलो अनुशासनिक खेल प्रतियोगिता आयोजना गर्न गइरहेकोे छ र जुन महामारीको कारण एक बर्षको ढिलाइ पछि मात्र शुरु भएको छ । टोकियोमा मेडल जित्ने सपना लिएर पुगेका खेलाडीका लागि चिन्तित हुने कारणहरू धेरै छन्।

ओलम्पिकको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय टोलीको आगमनसँगै कोरोनाका घटनामा वृद्धि भएको छ विश्वको सबैभन्दा ठूलो बायो बबल, जुन ११,००० भन्दा बढी एथलीटहरूलाई कभर प्रदान गर्ने भनीएको थियो त्यो पहिले नै उल्लंंघन गरिएको भनिएको छ । दक्षिण अफ्रिकी फुटबलरहरू र एक भिडियो विश्लेषकमा आइतवार ओलम्पिक भिलेजमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

चेक रिपब्लिकका समुद्र तट भलिबल खेलाडीमा सोमबार कोभिड पोजेटिभ देखिएको छ । टोकियो आयोजक समितिका अनुसार जापानको खेलसँग जोडिएको कोभिड १९ को संक्रमण संख्या ६७ पुगेको छ। खेलकुद र ढिलो खोप अभियानको लागि अगाडि बढेकोमा घरेलु मोर्चामा आलोचना झेलिरहेका प्रधानमन्त्री योशीहिदे सुगाको सरकारले सर्वसाधराणको आन्दोलनमाथि रोक लगाएको छ।

जापानका नागरिकहरु पनि यो ओलम्पिकसँग खुसी छैनन् । किनकी सम्पुर्ण खेलहरु दर्शक बिना खेलाइने छन् र उनीहरुले केवल पत्रिका र टिभीमा हेर्न पाउनेछन् । ओलम्पिक शुरु हुनै लागेको छ तर यो टोकियोको मुटुबिना धड्किरहेकोे छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey