ओलम्पिक उद्घाटनमा भारतबाट ३० खेलाडीमात्र सहभागि हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०७
  • |
  • 1137 पटक हेरिएको

हाइलाइट्स


  • कोभिडको संभावित प्रभाव र अर्को दिन खेल हुने भएकाले भारतबाट गएका कुल खेलाडीमा ३० जनाले मात्र मार्च पासमा जाने भएका छन । 

शुक्रबार हुने टोकियो ओलम्पिकको उद्घाटन समारोहमा भारतबाट मात्र ३० खेलाडीले सहभागिता जनाउने भएका छन ।

कोभिडको संभावित प्रभाव र अर्को दिन खेल हुने भएकाले भारतबाट गएका कुल खेलाडीमा ३० जनाले मात्र मार्च पासमा जाने भएका छन । 

भारतबाट ओलम्पिकमा एक सय २८ खेलाडीको सहभागिता रहेको छ ।

जसमा आर्चरी, जुडो, ब्याटमिन्टन, भारत्तोलन, टेनिस, महिला र पुरुष हक्की, सुटिङका खेलाडीले मार्च पासमा नजाने निर्णय गरेका छन । यी खेलाडीको शनिबार खेल भएकाले भाग नलिने भएका हुन । 

ओलम्पिकको उद्घाटन समारोहमा भारतको झण्डा हक्की खेलाडी मनप्रित सिंहले बोक्नेछन । ओलम्पिकको मार्च पासमा जापानी भाषाको अल्फाबेटिकल अर्डरमा गरिने भएको छ ।

भारतबाट मार्च पासमा जाने खेलाडीमा हक्कीबाट एक, बक्सिङका ८, टेबल टेनिसका ४, रोइङका २, जिम्नास्टिकका १, पौडीका १, सेलिङका ४, फेन्सिङका १ र अफिसियल ६ जना रहेका छन । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey