श्रीलंकाविरुद्धको एक दिवसीय सिरिज भारतलाई 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०६
  • |
  • 755 पटक हेरिएको

भारतले श्रीलंकाविरुद्धको एक दिवसीय सिरिज एक खेल अगावै जितेको छ । श्रीलंका भ्रमणमा रहेको भारतको दोस्रो टिमले श्रीलंकाविरुद्ध ३ विकेटको जित दर्ता गर्दै सिरिज एक खेल अगावै कव्जा गरेको हो । भारत अहिले २–० ले अघि रहेको छ ।


श्रीलंकाले पहिला ब्याटिङ गर्दै २७५ रन बनाएको थियो । जवाफमा भारतले ४९.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । 
श्रीलंकाले पहिला ब्याटिङ गर्दा आभिष्का फर्नान्डो र चारिथा असलंकाले अर्धशतकीय पारि खेलेका थिए । चारिथाले ६५ रन बनाउँदा आभिष्काले ५० रनको योगदान गरे ।  भारतका लागि भुवनेश्वर कुमारले तीन विकेट लिँदा युजबेन्द्र चहलको नाममा पनि तीन विकेट रह्यो । यसैगरी दीपक चहारले दुई विकेट हात पारेका थिए ।


जवाफी ब्याटिङमा भारतको शुरुआत भने राम्रो थिएन । ओपनर पृथ्वी शा र ईशान किसन सस्तैमा पभेलियन फर्कदा शिखर धवन पनि धेरै बेर क्रिजमा रहेनन् । धवन २९ रन बनाएर आउट हुँदा शाले १३ रनको पारि खेलेका थिए । किसन १ रनमै आउट भए । त्यसपछि मनिष पाण्डे र सूर्यकुमार यादवले भारतको पारि खेलेका थिए । पाण्डे ३७ रन बनाए आउट हुँदा एकै छिनमा हार्दिक पाण्ड्या पनि खाता नै नखोली पभेलियनको बाटो लागेका थिए । सूर्यकुमारले सम्हालिएर ब्याटिङ गर्दै ४२ बलमा अर्धशतक पुरा गरेका थिए ।

उनी ५३ रन बनाएर आउट भए । सूर्यकुमारको पहिलो अर्धशतक रहेको थियो । यसैगरी दीपक चहारले पनि पहिलो अर्धशतक पुरा गर्दा भारतलाई जित दिलाए । चाहर र भुवनेश्वर कुमारले ८औं विकेटका लागि अर्धशतकिय साझेदारी गरेका थिए । भारत श्रीलंकाविरुद्ध सन् २०१२ देखि लगातार जित दर्ता गर्दै आएको छ । २४ जुलाई २०१२ मा एक खेल हारे पछि लगातार श्रीलंकाविरुद्ध भारतले दशौं जित निकालेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey