युरो जित्न असफल क्रोसमाथि जर्मन लिजेण्ड खेलाडीद्धारा एकपछि अर्को आरोप 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०६
  • |
  • 850 पटक हेरिएको

जर्मनका पूर्व फुटबलर तथा कप्तान लोथर म्याथुजले युरोकप २०२० मा जर्मनले अपेक्षाअनुसार प्रदर्शन नगरेपछि जर्मन राष्ट्रिय टिम तथा रियल मड्रिडका मिडफिल्डर टोनी क्रोसमाथि एक आरोप लगाएका छन् ।

उनले जर्मन युरोे २०२० मा असफल हुनुको मुख्य कारण टोनी नै भएको टिप्पणी दिएका छन् । जर्मनले अन्तिम १६ मा इंग्लयाण्डबिरुद्ध २ ० को हार बेहोर्दै युरो २०२० लाई बिदाई गरेको थियो ।

‘अब क्रोस अन्तराष्ट्रिय स्तरमा उक्तृष्ट खेलाडी रहेनन्,मेरो व्यक्तिगत रुपमा उनीसँग केही लेनदेन छैन तर म उनले जुन तरिकाबाट खेले त्यसमा सन्तुष्ट छैन किनकी उनले युरोमा पनि क्लबमा जस्तै तरिकाले खेल्दै थिए र कतिपय उनले दिएका बलहरु विपक्षीले छेक्थे’ म्याथुजले भनेका छन् ।

जर्मन पूर्व कप्तान म्याथुजले जर्मनलाई १९९० को विश्वकप दिलाएका थिए ।

 
म्याथुजबाहेका बार्यन म्युनिखका अध्यक्ष उली होइनेसले पनि टोनीको यस प्रकारकोे प्रदर्शनले उनलाई जर्मन टिममा स्थान दिन नसक्ने बताएका छन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey