कोभिडका कारण आर्सनलद्वारा प्रि सिजन टुर रद्द

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०६
  • |
  • 1004 पटक हेरिएको

इंग्लीस क्लब आर्सनलले कोभिडका कारण अमेरिकाको प्रि सिजन टुर रद्ध गर्ने निर्णय लिएको छ । क्लबका केही सदस्यमा कोरोनाको संक्रमण देखिएपछि आर्सनलले उक्त निर्णय लिएको स्काई स्पोर्टसले जनाएको छ । 

आर्सनलले यस हप्ता अमेरिकाको फ्लोरिडा कपका लागि प्रिमीयर लिग क्लब एभर्टन,सिरी ए चयाम्पियन इन्टर मिलान र कोलम्बियन आउटफिटका साथमा खेल्ने योजना बनाएकोे थियो । 

प्रतियोगिताको आयोजकले आर्सनल आउन नसक्ने जानकारी दिँदै बाँकी क्लबका सदस्यहरु तथा समर्थकहरुरलाई पनि सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरेकोे छ । 

गत सिजन आठौँ स्थानमा रहेर प्रिमीयर लिग सकाएको आर्सनलले आइतबार इन्टर मिलान र जुलाई २८ मा एभर्टनबिरुद्ध खेल्ने तालिका रहेको थियो ।

मिकेल आर्टेटाले स्कटल्याण्डबाट प्रि सिजनको शुरुवात गरेका थिए जसमा आर्सनलले हाइबरनियनसँग २- १ को हार बेहोर्दा रेन्जर्सबिरुद्ध २-२ को बराबरी खेलेको थियो । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey