टोयोटाले पनि टोकियो ओलम्पिकको साथ छोड्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०५
  • |
  • 986 पटक हेरिएको

टोकियो ओलम्पिकको मुख्य प्रायोजक मध्येको एक टोयोटाले, प्रतियोगिता सम्बन्धि कुनैपनि टिभी विज्ञापन प्रशारण नगर्ने भएको छ । 

महामारीको बीचमा भइरहेको ओलम्पिक प्रति जापानी नागरिकले असुंष्टि जनाएका कारण टोयोटाले टिभी विज्ञापन प्रशारण नगर्ने निर्णय गरेको हो ।

जापानका दुई तिहाइ नागरिकले  ओलम्पिक सुरक्षित हुनेमा शंका ब्यक्त गरेका छन । टोयोटा मोटर कर्पोरेशनका कार्यकारी निर्देशक आकियो टोयोडा  सहित अन्य कार्यकारी सदस्यहरु ओलम्पिकको उद्घाटन समारोहमा पनि उपस्थित हुन छैनन् ।

 टोयोटाले विज्ञप्ती जारी गर्दै ओलम्पिकमा दर्शकको अनुपस्थिती लगायत अन्य धेरै कारणले उद्घाटन समारोहमा नजाने निष्कर्षमा पुगेको जानकारी दिएको छ । ओलम्पिकका कुनैपनि विषयका विज्ञापन टेलिभिजनमा प्रशारण नगर्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जापानका करिब ६० कर्पोरेट हाउसले  टोकियो ओलम्पिकमा ३ विलियन डलर भन्दा बढीको रकम प्रायोजक गरेका छन । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोभिडका कारण एक वर्ष ढिलो र दर्शक विना हुने भएपछि प्रायोजकहरुमा निराशा छाएको हो ।

अधिकांश जापानी नागरिक ओलम्पिक आयोजनाको विपक्षमा देखिएपछि प्रायोजकहरुलाइ समस्या परेको जनाइएको छ । ओलम्पिक सुरु हुन चार दिन मात्र बाँकी हुदा गरिएको एक सर्वेक्षणमा ६८ प्रतिशत नागरिकले भाइरस सर्ने शंका जनाउदै ओलम्पिकको विपक्षमा मत दिएका छन् ।

ओलम्पिकका सवै खेल दर्शक विना हुनेछन । महामारी नियन्त्रणका लागि जापाना सरकारले टोकियोमा आपतकाल लागु गरेको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey