लिङ्गार्डलाई स्पेन ल्याउने प्रयासमा एट्लेटिको मड्रिड

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०५
  • |
  • 508 पटक हेरिएको

इंग्लीस क्लब म्यानचेस्टर युनाइटेडका युवा विंगर जेस्से लिङ्गार्डलाई स्पेन ल्याउनका लागि एटलेटिको मड्रिडले गृहकार्य थालेको बताइएको छ ।


वेस्ट ह्यामबाट लोनमा युनाइटेड गएका लिङ्गार्डले गत सिजन १६ खेलमा ९ गोल गरेका थिए । उनी अहिले युनाइटेडको प्राथमिकतामा नरहेका कारण एट्लेटिकोले उनीमाथि रुचि देखाएको एजेन्सीले बताएकोे छ । 


युनाइटेडका लागि नयाँ सिजनको मुख्य लक्ष्य बोरुसियाका जाडोन सान्चो रहेका छन् । सान्चोलाई क्लबमा ल्याउनका लागि युनाइटेड हरदम प्रयासरत देखिन्छ ।

लिङ्गार्डको सम्झौता सकिन अझै एक वर्ष बाँकी रहेको छ र फेरी लोनमा कतै जाने मनस्थितीमा भने उनी देखिएका छैनन् ।

एट्लेटिको मड्रिडले गत सिजन स्पेनमा आफ्नो दबदबा कायम गर्न सफल भएकोे थियो । गत सिजन बार्सिलोेनाबाट स्वारेजलाई अनुबन्ध गरेको उसले स्पेनको बलियो टोली बार्सिलोना र रियललाई धुलो चटाउँदै ला लिगाको उपाधि जितेकोे थियो ।

नयाँ सिजनमा पनि युवा खेलाडीको साथमा स्पेनमा आफ्नो दबदबा कायम गर्ने लक्ष्यमा एट्लेटिको मड्रिड देखिएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey