वासिङ्टनको बेसबल स्टेडियममा गोली चल्दा ४ जना घाइते

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०३
  • |
  • 407 पटक हेरिएको

नेप्लेज, अमेरिकाको चर्चित शहर वासिङ्टन डिसीको एक बेसबल स्टेडियम बाहिर गोलि चल्दा ४ जना घाइते भएका छन् ।

त्यहाँका सुरक्षाकर्मीका अनुसार खेल हुनपुर्व उक्त घटना भएको हो । 

घटनामा घाइते भएका तिन जना व्यक्ति बाहिरको रहेको र एकजना सोही स्टेडियममा कार्यरत रहेको वासिङ्टन प्रहरिले बताएको छ । घटनाको छानबिन भइरहेकाले घटनाको कारण यकिन भने हुन सकेकोे छैन । 

वासिङ्टन नेसनल्स र सन डिएगो पाड्रेसबिचको खेल शुरु हुनुभन्दा पहिले उक्त घटना घटेकोे थियो ।

त्यसपछि सुरक्षालाई ध्यानमा राख्दै खेल स्थगित गरिएको छ ।

स्टेडियमबाहिर दर्जनभन्दा धेरैपटक गोली चलेकोे आवाज सुनिएपछि मैदान प्रवेश गरेका खेलाडीसमेत मैदानबाट बाहिरिएको एजेन्सीले बताएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey