आफ्नो सम्पुर्ण गोल डायरीमा रेकर्ड राख्ने सय वर्षिय हेर्ननलाई मेस्सीको सन्देश !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०२
  • |
  • 1527 पटक हेरिएको

नेप्लेज, बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो करियरमा गरेका सम्पुर्ण गोलहरु डायरीमा रेकर्ड राख्ने १०० वर्षिय वृद्ध हेर्ननलाई हालै कोपा अमेरिकाको उपाधि जितेका मेस्सीले भिडियोमार्फत सन्देश पठाएका छन् । 

हेर्ननका नातिका कारण उक्त भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको थियो ।  मेस्सीले खेलेका खेल,प्रतिद्धन्दी क्लब र मेस्सीको गोल संख्याका साथै मितीसमेत हेर्ननले उक्त डायरीमा लेखेका छन् ।  

हेर्ननका नातिले उक्त भिडियो सञ्जालमा राखेपछि मेस्सीले जवाफ पठाउँदै उनलाई भिडियो सन्देश पठाएका हुन् । मेस्सीकोे सन्देश पाएपछि हेर्नन भावुक भएको देखिन्थे । 

‘हेर्नन मैले तपाईको कथा सुने र मलाई लाग्छ यो निकै रोचक कुरा हो’ मेस्सीले भिडियोमा भनेका छन् । 

 ‘तपाईलाई यस भिडियोमार्फत ठुलो सम्मान प्रकट गर्न चहान्छु र धन्यवाद भन्न चहान्छु’ मेस्सीले भिडियोको अन्त्यमा भनेका छन् । 

अर्जेन्टिनी कप्तान मेस्सी कोपा अमेरिका उपाधि जितेपछि परिवारको साथमा छ्ट्टीमा मायमीमा रहेका छन् । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey