आईसीसीको आइतबार बस्ने बैठकले नेपालको निलम्बन पुर्णरुपमा फुकवा गर्ने सम्भावना न्यून !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०२
  • |
  • 2603 पटक हेरिएको

हाइलाइट्स

  • यसपटकको आईसीसीको बैठकमा नेपालको निलम्बनको एजेन्डाले प्रवेश पाउने संभावना निकै कम ।
  • क्यानले आईसीसीबाट नियन्त्रित ‘फण्ड’ (पैसा) लिइरहेको छ ।

चार बर्षको प्रतिबन्धपछि २०७६ सालको असोज ११ गते नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति चयन भयो । त्यसको केहि महिनामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले क्यानलाई शसर्त फुकुवा गरेको थियो । आईसीसीले क्यानलाई आर्थिक पारदर्शीता, सुशासन, कार्यालय ब्यवस्थापन लगायतका कुरालाई मुख्य सर्तमा राखेको थियो । यसका साथै आईसीसीले क्यानले पठाएको योजना अनुसार बजेठ पठाउने गरेको छ । 

आर्ईसीसीको सर्तलाई कार्यान्वयन गर्नका लागि क्यानले सक्दो प्रयास पनि गर्दै आएको छ । तर, जुन तरिकाले क्यानले आईसीसीको पालना गर्नुपर्ने हो, त्यसमा भने कहिकतै चुकेको जस्तो पनि देखिन्छ । क्यानले अहिलेसम्म अफिस ब्यवस्थापन गर्न सकेको छैन । पदाधिकारी नियुक्तिको काम पुरा गरे पनि समयमा नै आफ्नो अडिट रिपोर्ट बुझाउन सकेको थिएन । 

यो बीचमा नेपाल क्रिकेट संघले घरेलु भूमीमा एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि गरेको थियो भने घरेलु क्रिकेट शुरु भइसकेका छन् । तर उमेर समुहको क्रिकेट गर्ने योजना क्यानले बनाए पनि कोभिड–१९ का कारण शुरु हुन सकेको छैन । 

यो बीचमा क्यानका पदाधिकारीका सानातिना कुराले किचलो नभएको पनि  होइन । कार्यालय मर्मतका लागि बजेट निकासा गर्दा पदाधिकारीहरुकैबीचमा किचलो भएका कुराहरु पनि आएका थिए ।
आईसीसीले राखेका सबै सर्तहरु पालना गरेको बताइरहे पनि क्यानको निलम्बन पुर्णरुपमा फुकवा हुन्छ या हुँदैन त्यौ अझै अनुत्तरित प्रश्नको रुपमा रहेको छ ।

यस्तैमा आर्ईसीसीको आइतबार बैठक बस्दै छ । आईसीसीको बैठक बस्दै गर्दा नेपालको पूर्णरुपमा निलम्बनको एजेन्डा प्राथमिकतामा पर्छ की पर्दैन त्यो पनि पतिक्षाको विषय नै छ ।

नेपाल क्रिकेट संघका पदाधिकारीहरुले जुलाईको यो बैठकबाट क्यानको निलम्बन फुकुवा हुने आशा व्यक्त गर्दै सुरुवाती दिनमा बताउँदै आएका थिए । तर, उनीहरुको आशा अहिले निराशामा परिणत हुन थालेको आभास पनि भएको छ ।

क्यानले सबै सर्तहरु पुरा गरेको बताए पनि आईसीसीको निर्देशनमा गर्नुपर्ने केहि कामहरु समयमा नै गर्न सकेन । संघमा कर्मचारी चयनको काम गरे पनि काम कर्तब्य बाँडफाँडमा ढिलाई गरेको थियो । कर्मचारीको टिओआर तथा आर्थिक नियमावलि पारित गर्न ढिलाई गर्नुका साथै आईसीसीमा समयमै पठाउन सकेन । 

त्यसमा पनि कोभिडका कारण आइसीसीले पनि विभिन्न एजेन्डालाई समाधान गर्नुपर्ने हुँदा नेपालको निलम्बन फुकुवाको एजेन्डा यसपटकको बैठकमा नपर्ने प्रबल संभावना रहेको छ । 
जसका कारण नेपाली क्रिकेट पुर्ण रुपमा फुकुवा हुने संभावना पनि अहिलेका लागि पछि सर्ने देखिएको छ । 

अझैं पनि क्यानको कामहरु आईसीसीको नियन्त्रणमा रहेर नै गर्नुपर्ने हुन्छ । आइतबार बस्ने आईसीसीको बैठकले नेपालको निलम्बनमा कुनै निर्णय नगरेको खण्डमा फेरि यो एजेन्डालाई आर्ईसीसीले कहिले बोर्डमा राख्न भन्ने त्यो पनि एकिन छैन । 

क्यान निलम्बन हुँदा नेपाली क्रिकेटको धरातललाई राम्रोसँग बुझेको आईसीसीले नयाँ कार्यसमिति आएपछि पनि केहि समय यसको कामलाई निगरानिमा राखेको थियो । अहिले पनि नेपाली क्रिकेटमा हुने गरेका केहि सानातिना गल्तिको जानकारी विभिन्न ब्यक्तिले आईसीसीमा पु¥याउने  गरेको बताइन्छ । जसका कारण पनि अहिलेको कार्यसमिति प्रति आईसीसी अझै पनि पुर्ण रुपमा विश्वस्त हुन नसकेको हो की भन्ने प्रश्न पनि यथावत छ । 

अहिले क्यानले आईसीसीबाट नियन्त्रित ‘फण्ड’ (पैसा) लिइरहेको छ । अर्थात क्यानले आफ्नो योजनाहरु पठाउने र त्यसका लागि मात्र आईसीसीले रकम पठाउने गरेको छ । त्यसमा अहिले आईसीसीले मुख्य गरेर खेलाडीको तलव, कर्मचारी, ग्राउण्ड स्टाफको तलव र प्रतियोगिता हुँदा क्यानले पठाएको योजना अनुसारको बजेट मात्र ‘रिलिज’ गरेको छ । 

यो पटकको क्यान निलम्बन फुकुवाको पर्खाई क्यानका लागि असफल भएको खण्डमा त्यसको मारमा फेरि पनि नेपाली क्रिकेट पक्कै पर्नेछ । यता क्यानले आन्तरिक रुपमा विभिन्न काम गरिरहेको भए पनि त्यसलाई नतिजाउन्मुख बनाउन प्रयासरत रहेको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey