ओलम्पिक भिलेजमा बसेका खेलाडीलाई कोरोना संक्रमण 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०२
  • |
  • 1004 पटक हेरिएको

हाइलाइट्स

  • काेराेना संक्रमित खेलाडीकाे नाम भने सार्वजनिक गरिएकाे छैन ।

टोकियो ओलम्पिक खेल्न पुगेका एक विदेशी खेलाडी कोरोना संक्रमित भएका छन् ।

‘ओलम्पिक भिलेज’मा बसेका उनी पहिलो कोरोना संक्रमित रहेको बताइएको छ । टोकियो ओलम्पिक आयोजकले एक जना विदेशी खेलाडीलाई कोरोना भएको पुष्टि गर्दै १४ दिनको क्वारेन्टिनमा पठाइएको जनाएका छन् । उनी कुन देशको खेलाडी त्यो भने खुलाईएको छैन ।

टोकियो ओलम्पिक  २०२० का सिईओ तोशीरी मुटोले प्रतियोगिता शुरुहुनु पूर्व  खेलाडीमा देखिएको कोरोनाले चिन्ता बढाएको पनि उल्लेख गरेका छन् ।

टोकियो ओलम्पिक २३ जुलाईदेखि शुरुहुँदै छ । ओलम्पिक भिलेज १३ जुलाईदेखि खोलिएको थियो । त्यहाँ अहिले हरेक दिन खेलाडीको कोरोना टेस्ट हुँदै पनि आएको छ ।

ओलम्पिकमा जापानसहित अन्य देशका गरि ११ हजारले सहभागीता जनाउँदैछन् । प्रतियोगितामा ४४०० बढी खेलाडी नै हुने छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अनुसार अहिलेसम्म ओलम्पिक भिलेजमा पुगेका झण्डै ८० प्रतिशतले दुई डोज नै खोप लगाइसकेका छन् ।

पछिल्लो समयमा कोरोनाको महामारी बढ्दै गए पछि त्यहाँको सरकारले २२ अगस्टसम्म संकटकाल पनि घोषणा गरेको छ । जसका कारण टोकियो ओलम्पिकमा दर्शकहरुलाई  प्रवेश निषेध गरिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey