२०३० को फिफा विश्वकप आयोजनाका लागि साउदीले इटालीसँग मिलेर दावेदारी गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 1553 पटक हेरिएको

हाइलाइट्स

पछिल्लो पटक फुटबलमा लगानी गर्दै आएको साउदीले इटाली भन्दा दुई हजार माइल टाढा रहेको देशसँग मिलेर प्रतियोगिताका लागि दावेदारीता दिने बताएको छ ।

सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि साउदी अरेबीयाले इटालीसँग मिलेर संयुक्त रुपमा दोवदारी दिने भएको छ । 

पछिल्लो पटक फुटबलमा लगानी गर्दै आएको साउदीले इटाली भन्दा दुई हजार माइल टाढा रहेको देशसँग मिलेर प्रतियोगिताका लागि दावेदारीता दिने बताएको छ ।

फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता फिफा विश्वकपको २०३० मा हुने संस्करणका लागि इंग्ल्याण्डले पनि दावेदारीता दिने यसअघि नै सार्वजनिक भइसकेको छ । 

सन् २०३० मा फिफा विश्वकपमा सहभागि देशको संख्या बढाएर ४८ पुर्याउने छ । जसमा ८० खेल हुनेछन । फिफाका लागि पनि विश्वकप एक भन्दा बढि देशमा हुँदा अझ सजिलो हुने बताइएको छ । 

यस्तैमा साउदीले अमेरीकामा रहेको बोस्टन कन्सल्ट्यान्सीसँग मिलेर विश्वकप आयोजनाका लागि बिड गर्न लागेको छ । जसमा उसले इटालीलाई साझेदारका रुपमा राख्ने बताइएको छ । 

सन् २०२२ को फिफा विश्वकप कतारले गरिरहेका बेला छिमेरी देश साउदीलाई पनि त्यसको इख जागेको आशंका गरिएको छ । साउदीले पछिल्लो पटक विभिन्न खेलकुद प्रतियोगिता आयोजनाका लागि १.५ बिलियन डलर खर्च गरेको बताइएको छ । 

जसमा बक्सिङ, युरोपियन टुर गल्फ, डाकार र्याली, फर्मुला वन जस्ता छन । अघिल्लो बर्षमात्र उसले प्रिमियर लिग क्लव न्यूक्यासल युनाइटेड खरिदका लागि तीन सय मिलियन पाउण्ड खर्च गर्न चाहिरहेको थियो । तर पछि त्यो प्रक्रिया रोकिएको थियो । 

विश्वकप आयोजनामा साउदीका राजकुमार बिन सलमानको ठूलो चाहना रहेको बताइएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey