आयुष घलानले थ्रीस्टारबाट ए डिभिजन लिग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०१
  • |
  • 3672 पटक हेरिएको

हाइलाइट्स

उनी कति रकममा अनुबन्ध भएको कुरा क्लवले गोप्य राखेको छ । अघिल्लो सिजनमा खुमलटार क्लवबाट बी डिभिजन लिग खेलेका आयुष पहिलो पटक शिर्ष डिभिजनको लिग खेल्ने भएका हुन । 

नेपाली राष्ट्रिय फुटबल टिमका युवा खेलाडी आयुष घलानले थ्रीस्टारबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन । 

फिफा विश्वकप छनौट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा सिनियर टिममा डेब्यु गरेका आयुषलाई थ्री स्टारले अनुबन्ध गरेको छ । 

उनी कति रकममा अनुबन्ध भएको कुरा क्लवले गोप्य राखेको छ । अघिल्लो सिजनमा खुमलटार क्लवबाट बी डिभिजन लिग खेलेका आयुष पहिलो पटक शिर्ष डिभिजनको लिग खेल्ने भएका हुन । 

नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलका आयुष सो प्रतियोगितापछि पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा परेका थिए । जसमा उनले सिनियर टिमबाट डेब्यु पनि गर्न सफल भए ।

हाल साफ च्याम्पियनसिप र एशियन कप छनौटको बन्द प्रशिक्षणमा रहेका आयुषलाई अनुबन्ध गरेको पुष्टि क्लवले गरेको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey