रोबिनले गरे खेलाडी जीवनबाट बिश्राम

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 1249 पटक हेरिएको

हाइलाइट्स

सन् २०१७ मा राष्ट्रिय टिमबाट सन्यास लिएका रोबिनको करियर बार्यनमा हुँदा बढि चम्किएको थियो । 

नेदरल्याण्ड्सका खेलाडी आर्जेन रोबिनले खेलाडी जीवनबाट सन्यास लिएका छन ।

राष्ट्रिय टिमबाट यसअघि नै सन्यास लिएका रोबिनले क्लव फुटबलबाट पनि विदा लिएको जानकारी दिएका छन । 

उनले सोसियल मिडियामा विज्ञेप्ती निकाल्दै सक्रिय फुटबललाई बिश्राम दिएको बताए । साथै उनले आफुलाई अहिलेसम्म साथ दिने सबैलाई धन्यवादपनि दिएका छन । 

३७ बर्षे रोबिनले सक्रिय रुपमा २१ बर्ष फुटबलमा विताएका थिए । चेल्सी, रियल र बार्यनबाट खेलेका रोबिनले २०१९ मासन्यास लिएका थिए ।

तर फेरी उनी आफ्नो निर्णयलाई फिर्ता लिएर क्लव फुटबलमा फर्किएका थिए । 

करियरको अन्तिममा उनले घरेलु टिम ग्रोनिनजेनबाट खेलेका थिए । जसमा उनले अघिल्लो सिजनमा सात गोलपनि गरेका थिए ।

सन् २०१७ मा राष्ट्रिय टिमबाट सन्यास लिएका रोबिनको करियर बार्यनमा हुँदा बढि चम्किएको थियो । 

उनले जर्मन क्लव बार्यनबाट तीन सय नौ खेलमा एक सय ४४ गोल गरेका थिए । देशका लागि उनले ९६ खेल खेल्दा ३७ गोल गरेका थिए । 

उनले बार्यनबाट युरोपका सबै प्रतियोगिताको उपाधि जितेका थिए । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey