टोकियोका होटेलहरूमा कोभिडको नयाँ त्रास

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 1006 पटक हेरिएको

टोकियो सुरु हुन एक साता बाँकी हुँदा टोकियोमा कोभिड संक्रमण पछिल्लो ६ महिना यताकै उच्च देखिएको छ । 

ओलम्पिक आयोजक शहर टोकियोमा बुधबार एक हजार चार सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो गत जनवरी २२ यताको  उच्च संख्या हो । ओलम्पिकलाइ ध्यानमा राखेर अहिले जापान सरकारले टोकियोमा आपतकाल लगाएको छ । गत सोमबारबाट सुरु भएको आपतकाल २२ अगस्ट सम्म रहनेछ ।

प्रतियोगिताका लागि टोकियो पुगेका विभिन्न देशका पदाधिकारी र खेलाडीमा पनि कोभिड पोजेटिभ देखिएको रोयटर्सले जनाएको छ । ब्राजिल टिम बसेको होटलका सात जना स्टाफमा पनि कोरोना संक्रमण भएको छ । यसले ब्राजिलियन टिमलाई असर परेको जनाइएको छ । जुडोका खेलाडी सहित ३१ सदस्यीय ब्राजिलको टिम होटलमा छुट्टै बबलमा रहेको छ ।

रुसको महिला रग्बी टिमका खेलाडी पनि आइसोलेनमा बसेको उल्लेख गरिएको छ । उनीहरुको टिमका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि टिमका सात खेलाडी आइसोलेनमा बस्न बाध्य भएका हुन् । कोभिडका कारण टोकियो पुगेका टिमको अभ्यासमा पनि असर गरेको उल्लेख गरिएको छ ।

कतारमा एक सदस्यमा भाइरस पोजेटिभ देखिएपछि शरणर्थीको टोली जापान पुग्न ढिला हुने भएको छ । यस्तै विमानमा कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि दक्षिण अफ्रिकाको २१  सदस्यीय रग्बी टिम पनि आइसोलेसनमा बसेको अन्तराष्ट्रिय ओलम्पिक कमिटीले जनाएको छ ।

गत वर्ष नै हुनु पर्ने ओलम्पिक कोरोनाकै कारण यो वर्ष सारिएको हो । जापान र अन्तराष्ट्रिय ओलम्पिक कमिटीले महामारीको समयमा यो प्रतियोगिताले  आशाको नयाँ किरण ल्याउने बताएका छन । ओलम्पिकप्रति आम मानिसको चासो भने एकदमै कम भएको पाइएको छ ।

२८ देशमा गरिएको सर्वे अनुसार कोरोना कारण मात्र ४६ प्रतिशतले ओलम्पिक प्रति चासो देखाएका छन । जापानमा भने ७८ प्रतिशत नागरिक ओलम्पिकको विपक्षमा देखिए । ओलम्पिक २३ जुलाइ बाट सुरु हुदैछ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey