सावित्रा भण्डारीको सफल शल्यक्रिया

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 925 पटक हेरिएको

नेपाली राष्ट्रिय महिला फुटबल तथा नेपाल एपीएफ क्लबकी स्ट्राइकर सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ। 

दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्टको गम्भीर चोट बोकेकी सावित्राको कतारको दोहास्थित अस्पेटारमा बिहीबार शल्यक्रिया भएको हो। 

शल्यक्रिया गर्न ४५ मिनेट लागेको थियो । २-३ दिन आराम गरेपछि उनको फिजियोथेरापी सुरु हुनेछ। 

करिब १० दिनको क्वारेन्टिन बसाइपछि उनी उपचारका लागि यसै साता अस्पताल भर्ना भएकी थिइन्। 

गत वर्ष राष्ट्रिय महिला लिग खेल्ने क्रममा फागुन ३ गते नेपाल पुलिस क्लबविरुद्धको खेलका उनले दायाँ घुँडामा गम्भीर चोट लागेको थियो। 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey