ओलम्पिकका लागि चीनले पठायो ४३१ खेलाडीसहित ७७७ जनाको जम्बो टोली

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 1198 पटक हेरिएको

हाइलाइट्स

चीनबाट ओलम्पिकमा सहभागि हुने खेलाडीमा दुई सय ९८ जना महिला र एक सय ३३ जना पुरुष खेलाडी रहेका छन ।

एक सातापछि सुरु हुने टोकियो ओलम्पिकका लागि चीनले चार सय ३१ खेलाडीलाई जापान पठाएको छ ।

चीनले ओलम्पिकका लागि कुल सात सय ७७ जनाको जम्बो टिमलाई जापान पठाएको छ । 

चीनबाट ओलम्पिकमा सहभागि हुने खेलाडीमा दुई सय ९८ जना महिला र एक सय ३३ जना पुरुष खेलाडी रहेका छन ।

जसमा १४ बर्षदेखि ५२ बर्षसम्मका खेलाडी टिममा छन । १४ बर्षको उमेरमा चीनबाट पौडीकी कुवान होङचान छिन भने ५२ बर्षका इक्वेस्ट्रेन खेलाडी ली झानक्वेङ छन । 

चीनले टोकियो ओलम्पिकमा ३० खेलका दुई सय २५ इभेन्टसमा प्रतिस्पर्धा गर्नेछ । जुलाई २३ बाट सुरु हुने प्रतियोगिताका लागि विशेष सावधानी अपनाइएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey