तेक्वान्दो प्रशिक्षक नोर्बु लामा सहित ६ खेलाडी सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 1450 पटक हेरिएको

हाइलाइट्स

तेह्रौ दक्षिण एशियाली खेलका स्वर्ण पदकधारी तेक्वान्दो खेलाडी सन्जीला तिमल्सिना र जुडोका देविका खड्का जनही रु २५,००० रुपैयाँले सम्मानित भए ।

नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलमानागर्जुन नगरपालिकाभित्रबासोबास गर्ने ६  पदकधारी खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् ।

तेह्रौ दक्षिण एशियाली खेलका स्वर्ण पदकधारी तेक्वान्दो खेलाडी सन्जीला तिमल्सिना र जुडोका देविका खड्का जनही रु २५,००० रुपैयाँले सम्मानित भए ।

यस्तै जुडोकै रजत पदकधारी इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले जनही रु १५००० रुपैयाँले सम्मानित भए । 

तेक्वान्दोका अस्मिता खड्का र अश्मिन राउतले रु १०,०००,  र तेक्वान्दो प्रशिक्षक नोर्बु लामाले रु ५५,००० नगद सहित सम्मानित भए ।

तेक्वान्दो प्रशिक्षक लामा विगत २५ वर्षदेखि नागर्जुन ९ स्थित स्यूचाटार तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक रहेका थिए । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey