कोपाको उपाधि जितेपछि बलुन डी योरको मुख्य दावेदारमा मेस्सी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 874 पटक हेरिएको

हाइलाइट्स

बलुन डी योरका लागि मेस्सीको प्रतिद्धन्द्धीका रुपमा इटालीय डिफेन्डर चिलिनी, लियोनार्डो बोउनिसी, चेल्सीका एंगोलो कान्टे र मासोन माउन्ट रहेका छन । यस्तै इटालीकै जोर्गिन्हो र इमेर्सन पालमेरीपनि यो सूचीमा छन । त्यसमा पनि जोर्गिन्हो र मेस्सी मुख्य प्रतिद्धन्द्धीका रुपमा हेरिएका छन । 

अर्जेन्टिनाका लागि पहिलो पटक ठूलो उपाधि जितेका स्टार फुटबलर लियोनल मेस्सी फेरी एक पटक बलुन डी योर अवार्डको दावेदारका रुपमा हेरिएका छन । करियरमा सातौं पटक बलुन डी योरको उपाधि मेस्सीले जित्न सक्ने आंकलन गर्न थालिएको छ । 

अर्जेन्टिनालाई कोपाको उपाधि दिलाउने क्रममा चोटलाई पनि बेवास्ता गरेका मेस्सीले १५ बर्षको करियरमा पहिलो पटक कोपाको उपाधि जितेका हुन । आइतबार विहान भएको खेलमा ब्राजिललाई एक शुन्यले हराउँदै मेस्सीको टिमले उपाधि जितेको थियो । सो प्रतियोगितामा पनि सर्वोत्कृष्ट खेलाडी मेस्सी नै बनेका थिए । 

बलुन डी योरका लागि कोपा अमेरीका, युरोपियन च्याम्पियनसिप र विश्वकपको उपाधिलाई मुख्य रुपमा मानिने गरिएको छ । यो पटकको कोपा मेस्सीले जित्दा उनी बलुन डी योरको हकदार हुनसक्ने संभावना उच्च बनेको छ । 

मेस्सीले यो बर्ष कुल ४७ खेल खेल्दा ३८ गोल गरेका थिए भने १४ एसिस्ट गरेका थिए । जसमा २६ खेलमा उनी म्यान अफ दी म्याच बनेका थिए । ला लिगामा उपाधि विहिन भएपनि उनी गोल गर्ने सूचीमा भने अग्रस्थानमा नै थिए । यस्तै कोपामा पनि उनले चार गोल गर्नुका साथै पाँच एसिस्ट गरेका थिए । 

कोपामा अर्जेन्टिनाले कुल १२ गोल गर्दा नौ गोलमा उनी सहभागि भएका थिए । बलुन डी योरका लागि मेस्सीको प्रतिद्धन्द्धीका रुपमा इटालीय डिफेन्डर चिलिनी, लियोनार्डो बोउनिसी, चेल्सीका एंगोलो कान्टे र मासोन माउन्ट रहेका छन । यस्तै इटालीकै जोर्गिन्हो र इमेर्सन पालमेरीपनि यो सूचीमा छन । त्यसमा पनि जोर्गिन्हो र मेस्सी मुख्य प्रतिद्धन्द्धीका रुपमा हेरिएका छन । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey