राखेपकाे बाेर्ड बैठक स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 597 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक फेरी स्थगित भएको छ । राजनितीक परिवर्तनसँग खेलकुद मन्त्रीको पद खुस्किएपछि असार ३० गतेका लागि तय भएको बोर्ड बैठक अन्तिम समयमा स्थगित भएको छ । 

सर्वोच्च अदालतले संसद पुनस्थापना गर्दै केपी ओलीलाई प्रधानमन्त्रीबाट हट्न आदेश दिएपछि राजनितीक रुपमा उथलपुथल भएको छ ।

ओलीको नेतृत्वमा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका गोपालकृष्ण श्रेष्ठपनि हटेपछि राखेपको बोर्ड बैठकपनि स्थगित भएको छ । 

खेलकुद ऐन कार्यान्वयन हुनुका साथै राखेपको नयाँ बोर्ड गठन भएदेखि नै अहिलेसम्म बोर्ड बैठक बस्न सकेको छैन ।

जसका कारण राखेपले आगामी नबौं राष्ट्रिय खेलकुदका विषयमा गर्ने निर्णयलाई अझैपनि कुर्नुपर्ने भएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey