मन्त्रीको पद खुस्किएपछि राखेपको बोर्ड बैठक अनिश्चित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 1071 पटक हेरिएको

सरकार फेरबदलका कारण नयाँ ऐन जारी भएपछि नयाँ प्रक्रियामार्फत पहिलोपल्ट बस्न लागेको राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड बैठक पुनः अनिश्चित भएको छ । 

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुद मन्त्रालयकोसमेत जिम्मेबारी संहाल्दै आएका मन्त्री कृष्णगोपाल श्रेष्ठसँगको परामर्शमा असार ३० गते राखेपको बोर्ड बैठक आह्वान गरेका थिए । 

२०७७ असार १७ गते नयाँ खेलकुद ऐन लागू भएको हो । संघीय संरचना अनुकुल रहने गरी निर्मित ऐनअनुसार राखेप बोर्डले पूर्णता पाएसँगै बैठक बस्न लागिएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएसँगै राखेप बोर्ड बैठक पनि सर्ने लगभग निश्चित छ । किनभने राखेप बोर्डको अध्यक्ष नै खेलकुदमन्त्री रहने व्यवस्था छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey