युरोको गोल्डेन बुट रोनाल्डोको नाममा, डोनारुम्मा सर्वोत्कृष्ट

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२८
  • |
  • 1960 पटक हेरिएको

युरो २०२० मा क्रिष्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका छन् ।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डाले जारी युरोमा पाँच गोल गर्दा एक गोलमा असिस्ट गरेका थिए ।

रोनाल्डोले समूह चरणमै पाँच गोल गरेका थिए । उनको टिम पोर्चुगल राउण्ड अफ सिक्सटीनबाटै बाहिरिएको थियो ।

गोल्डेनबुटको रेसमा चेक रिपब्लिकका प्याट्रिक सिक समान पाँच गोलमा रहेका थिए । तर रोनाल्डोलाई गोल्डेनबुट एक असिस्टले दिलायो ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै इटालीलाई उपाधि दिलाएका गोलरक्षक जियानलुइजी डोनारुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

Image

युरो २०२० को उपाधि भने इटालीले जितेको छ । इंग्ल्याण्डलाई पेनाल्टी सूटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै युरो २०२० को उपाधि जित्न सफल भयो ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey