साफ च्याम्पियनसिप नेपालमा गर्नका लागि तयारी थाल्न प्रधानमन्त्री ओलीको एन्फा र राखेपलाई निर्देशन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२७
  • |
  • 2247 पटक हेरिएको

हाइलाइट्स

सरकारले आइतबार बालुवाटारमा एक कार्यक्रमको आयोजना गरेर पुरस्कार हस्तान्तरण गरेको हो । नेपालमा आयोजना भएको सो प्रतियोगिताको उपािध जितेपछि सरकारले खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने घोषणा गरेको थियो । 

नेपालमा आयोजना भएको थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेता खेलाडीलाई नेपाल सरकारले पुर्वघोषित पुरस्कार रकमबाट सम्मान गरेको छ । 

सरकारले आइतबार बालुवाटारमा एक कार्यक्रमको आयोजना गरेर पुरस्कार हस्तान्तरण गरेको हो । नेपालमा आयोजना भएको सो प्रतियोगिताको उपाधि जितेपछि सरकारले खेलाडीलाई जनही चार लाख रुपैयाँ दिने घोषणा गरेको थियो । 

जुन पुरस्कार आज खेलाडीलाई हस्तान्तरण गरेको हो । चैतमा सम्पन्न साे प्रतियोगिताकाे फाइनलमा  नेपालले बंगलादेशलाई दुई एकले हराउँदै उपाधि जितेको थियो । 

सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न साफ नेपालमा हुने बताएका छन । पुरस्कार समारोहमा बोल्दै उनले साफ च्याम्पियनसिप नेपालमा हुने बताए । साफ च्याम्पियनसिप नेपालमा गर्नका लागि एन्फा र राखेपलाई तयारी अगाडी बढाउन समेत निर्देशन दिएकाछन । 

बंगलादेशमा सेप्टेम्बर १४ देखि २५ सम्म हुने भनिएको प्रतियोगिता कोभिड, प्रायोजकको कमीका कारण हुने नहुने अन्योलमा छ । यस्तैमा यो प्रतियोगिता गर्नका लागि श्रीलंकालेपनि चासो दिइरहेको छ । 

प्रतियोगिता नेपालमा गर्नका लागि माेटाे रकम चाहिने भएकाले एन्फा त्यसको आन्तरीक तयारीमा जुटेको छ । यदि चाहिने रकम एन्फाले जुटाउन सकेको खण्डमा साफ नेपालमा आउनसक्ने संभावना प्रबल रहेको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey