ए डिभिजन क्लबलाई दिने महानगरको बजेट निरन्तर 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२६
  • |
  • 1840 पटक हेरिएको

हाइलाइट्स

  • ए डिभिजन खेल्नेलाई १० लाख 
  • बी डिभिजन खेल्नेलाई ३ लाख 
  • सी डिभिजन खेल्नेलाई २ लाख 

काठमाडौं महानगरपालिकाले ए डिभिजन लिग खेल्ने क्लबहरुलाई दिने अनुदानलाई निरन्तरता दिएको छ ।

२०७५ सालबाट दिँइदै आएको अनुदान आउँदो आर्थिक बर्ष पनि निरन्तर पाउने भएका छन् । त्यसका लागि महानगरपालिकाले एक करोड बिनियोजन गरेको छ । 

उसले ए डिभिजन लिग खेल्ने क्लबले १० लाख, वी डिभिजन खेल्नेले तीन लाख र सी डिभिजन लिग खेल्ने क्लबले दुई लाख पाउने छन् । 
काठमाडौंबाट ए डिभिजन लिग खेल्ने क्लबहरु गत संस्करणको लिग च्याम्पियन मच्छिन्द्र, संकटा, हिमालयन शेर्पा, मनाङ मस्र्याङ्दी, एनआरटी र सरस्वती क्लबले १० लाख रुपैयाँ पाएका थिए । 

तर यो सिजन सरस्वती क्लब बी डिभिजनमा झरेकाले आगामी आर्थिक बर्ष २०७८–०७९ मा तीन लाख रुपैयाँ मात्रै पाउने छ ।

यो वर्ष महानगरभित्रबाट ए डिभिजन खेल्ने पाँच वटा क्लब छन् भने बी डिभिजनमा ६ र सी डिभिजनमा सात वटा टिम रहेका छन् । 

काठमाडौंका ब्वाइज युनियन, अन्नपूर्ण (आरसिटी), टुसाल युवा, सरस्वती क्लब, बाँसबारी र श्री कुमारी गरी ६ वटा फुटबल क्लबहरुले बी डिभिजनमा खेल्दै आएका छन् ।

यस्तै काठमाडौंका ७ वटा क्लबहरु सानो गौचरण युवा, समाज कल्याण खेलकुद केन्द्र, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु, सामाजिक युवा, महावीर र मनोहरा एकीकृत युवा क्लबले सी डिभिजन खेल्दै आएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey