जय गुरुङले संकटाबाट ए डिभिजन लिग खेल्ने 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२५
  • |
  • 1085 पटक हेरिएको

फुटबलर जय गुरुङ आसन्न सहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्बलबाट खेल्ने भएका छन् । 

गत सिजन ब्रिगेड ब्वाईजबाट लिग खेलेका गुरुङले अबको सिजन संकटाबाट खेल्ने पक्का गरेका हुन् ।

पछिल्लो सिजन ब्रिगेड ब्वाईज लिग तालिकाको १३ औं स्थानमा रहेको थियो ।

कोरोना महामारीका  कारण लिग नै सञ्चाालन नहुँदा अधिकांश क्लबहरुले खेलाडी रिलिज गरेका थिए ।

अहिले असोज तीन गतेदेखि ए डिभिजन लिग शुरु गर्ने तालिका प्रकाशित भएपछि क्लबहरुले खेलाडी अनुबन्ध गर्ने कार्यलाई तिब्रता दिएका छन् ।

यो सँगै गुरुङ ब्रिगेड छाडेर संकटा प्रस्थान गरेका हुन् ।

पछिल्लो सिजन संकटाले सातौं स्थानमा रहेर टुंगाएको थियो ।

जयले फुटबलको करियर भने लमजुङको त्रिवेणी युवा क्लबबाट शुरुआत गरेका थिए । ए डिभिजनमा ब्रिगेड ब्वाइजबाट डेव्यु गरेका थिए । पहिलाे संस्करणकाे नेपाल सुपर लिगमा उनी बुटवल लुम्बिनीबाट  खेलेका थिए । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey