यूरो २०२० मा चम्किएका ५ खेलाडी

Kelmi

  • |
  • २०७८-०३-२५
  • |
  • 1013 पटक हेरिएको

हाइलाइट्स

यूरो कपमा पनि केही यस्ता खेलाडीहरु छन जसले क्लबमा भन्दा पनि देशको तर्फबाट नाम कमाउन सफल भए , अब हेरौ यूरो २०२० मा हिरो भएका ५ खेलाडी

विश्वकप र यूरोकप दुइ फुटबलका महाकुम्भ मेला हुन् । हरेक ठूला प्रतियोगिताहरुबाट केहि खेलाडीहरुले बिषेश छाप छोड्न सफल हुन्छन। सन् १९९० को विश्वकपमा पनि यस्तै एउटा बिषेश खेलाडीको नाम चर्चामा आएको थियो ।  इटालीका सल्वाटो सिल्याचिको भाग्य ३ हप्तामा फेरिएको थियो ।

तर त्यसपछि निरन्तर रुपमा उनले आफ्नो खेल जिवनलाइ खासै स्थापित गर्न सकेनन् । सिल्याचि इटालीका दोस्रो रोजाईका स्ट्राइकर थिए तर अन्य खेलाडी घाइते भएको फाइदा उठाउदै उनि १९९० विश्व कपका गोल्डेन बुट बिजेता समेत भएका थिए।

यस्तै अर्का खेलाडी हुन् हमेस रोड्रिगेज उनि पनि विश्वकप २०१४का उदाउँदो ताराको रुपमा चर्चामा आए , उनी २०१४ को विश्वकपमा नाम कमाएर चर्चा कमाउन सफल खेलाडी मध्येका एक हुन्।  

यूरो कपमा पनि केही यस्ता खेलाडीहरु छन जसले क्लबमा भन्दा पनि देशको तर्फबाट नाम कमाउन सफल भए , अब हेरौ यूरो २०२० मा हिरो भएका ५ खेलाडी

लेओनार्दो स्पिन्नाजोला- इटाली – लेफ्ट ब्याक - क्लब : रोमा

No description available.

स्पिन्नाजोलाले यूरोकपको पहिलो खेल देखि नै लोभलाग्दो खेल कौशल देखाइ रहेका थिए , उनि हरेक खेलमा आफ्नो प्रभाव परिरहेका जमाइ रहेका थिए । इटालीका प्रमुख हिस्साको रुपमा आएका  स्पिन्नाजोला , प्रतियोगिताको सुरुवातमा राम्रो भए पनि अन्त्य भने सुखद हुन सकेन ।

२८ बर्षीय स्पिन्नाजोलाको बेल्जियम संगको खेलमा अचिलिसमा समस्या देखा परेको थियो , उनि अब ६ महिना सम्म मैदानमा देखा पर्ने छैनन्।  स्पिन्नाजोला रोमाबाट आफ्नो  ब्यवसायीक फुटबल खेल्ने गर्छन , नया प्राशिक्षक जोसे मौरिन्होको आगमनसंगै स्पिन्नाजोलाको डिफेन्स अझै सुधारिने संकेत देखिएको छ।

स्पिन्नाजोलाको यस वर्षको यूरो कप केहि बिसेष पनि रह्यो , जम्मा जम्मी ३८० मिनेटको खेल खेलेका स्पिन्नाजोलाले एउटा पनि पहेलो कार्ड तथा रातो कार्ड बेहोरेनन , तेस्तै त्यस्तै उनको पासिङ्ग ८८%ले जमेको थियो र केवल ३८० मिनेटमा ४४ किमि दुरी पुरा गरेका थिए , स्पिन्नाजोलाको खेल्ने शैली निकै आक्रामक भएको करणले पनि उनको खेलमा बिशेष प्रभाव रहेको थियो।

डेन्जल डम्फ़्रिज - नेदरल्यान्ड - राइट विङ्ग ब्याक - क्लब - पी एस भी

Everton Keen On PSV Eindhoven's Denzel Dumfries But Inter Are A Concrete  Option, Dutch Media Report

डम्फ़्रिजको यूरो २०२०को यात्रा निकै आबिस्मरणिय हुन पुग्यो , भलै डचको यात्रा छोटो थियो तर डम्फ़्रिजको यूरो यात्रा निकै सुनौलो थियो। डम्फ़्रिज डच टोलिको लागि पहिलो खेल देखि नै निकै आकर्षक खेल देखाई रहेका थिए।

डच प्राशिक्षक फ्रान्क डी बोरले डम्फ़्रिजको भबिस्य निकै उज्वल बनाइदिएका छन्। डम्फ़्रिजले यूरोमा २ म्यान अफ द म्याच पनि हासिल गरे । उनले डच टोलिको लागि ग्रुप स्टेजको खेलमा २ गोल समेत गरेका थिए , डम्फ़्रिज अहिले ठुला क्लबको आखामा पर्न सफल भइ सकेका छन्।

राइट विङ्ग तथा राइट ब्याक दुइटै खेल्न सक्ने क्षमता भएका डम्फ़्रिज अहिले यूरोले गर्दा एकाएक नायक हुन पुगेका छन्। अबको उनको यात्रा कता तिर हो भन्ने चासो सबै माझ देखिदै छ ।

प्याट्रिक सिख - चेक गणतंन्त्र - सेन्टर फरवार्ड - क्लब - बाएर लेभरकुसन

Patrik hero - Global Times

प्याट्रिक सिखकोलागि यूरो कपको यात्रा जेरोबाट हेरो बन्ने मौका जस्तो भएको थियो , उनको यूरो २०२०को स्कटल्यान्ड बिरुद्धको गोल  प्रतियोगिताकै उत्कृष्ट मद्धे एक हो ।

करिब ४४ यार्ड टाढाबाट हानेको बल सिदै पोस्ट भित्र छिरेको थियो । लेफ्ट खुट्टा चलाउन माहिर सिख चेकको लागि महत्वपुर्ण खेलाडी बनेका थिए , चेकले यूरो २०२०मा गरेको ६  गोल मद्धे  ५ गोल सिखले गरेका थिए , सिख चेकको लागि एउटा अमुल्य खेलाडीको रुपमा स्थापना भएका थिए। 

चेकको यात्रा पनि भुल्ने न सक्ने थियो , नेदरल्याण्डसंगको खेलमा डटेर खेलेको खेलमा उसले फल प्राप्त गरेको थियो र आफ्नो यात्रा क्वाटर फाइनल सम्म ल्याम्ब्याएको थियो।  सिखको यात्रा बाएर लेभरकुसनमै हुन्छ त भन्ने अबको प्रश्न चिन्न रहेको छ। 

मनुअल लोकाटेली - इटाली - डिफेन्सिभ मिडफिल्डर - कल्ब - सस्सुलो

Locatelli to Snub Arsenal in Favor of Move to Juventus

यूरो नभइदिएको भए लोकाटेली हाम्रो नजरमा नै हुने थिएनन्।  लोकाटेलीको स्विजर्ल्याण्डसंग गरेको २ गोलले उनि इटाली समर्थक बीच एका एक आफु पनि अरु भन्दा कम नरहेको साबित गर्न सफल भएका छन्।

मारको भाराटी फिट नहुदासम्म लोकाटेलीले इटालीको मिड सम्ह्लेका थिए र त्येस क्रममा उनले एउटा पनि त्रुति हुन दिएनन्। लोकाटेलीको खेल्ने शैली इटालीको खेलसंग एकदम मिलेको पनि थियो , पिरलोलाइ आफ्नो आदर्श खेलाडी मान्ने  लोकाटेली ,भाराटी समयमा टिम नफर्किएका भए उनले नै मौका पाउने पक्का पक्कि नै थियो।

लोकाटेलीले यूरो मा २४८ मिनेट खेल्दा २ गोल तथा १४ ट्याकल गरेका छन् र उनको पासिङ्ग ८८%ले जमेको थियो।  लोकाटेली लाइ थुप्रै ठुला कल्ब बाट अनुबन्ध गर्ने संकेत देखिएको छ र उनि अब इटालीको लागि महत्वपूर्ण हिस्सा पनि हुने छन्। 

जॉकिम मेहेले - डेनमार्क - लेफ्ट विङ्ग ब्याक - क्लब - अटल्नटा

Maehle icing on Danish cake with Wales - Football Italia

 मेहेलेको राइट ब्याक तथा लेफ्ट ब्याक दुवै खेल्न माहिर छन् , डेनमार्कको ६ खेलमै सुरुवाती ११ बनाउन सफल  मेहेले अब अटल्नटामा नै आफ्नो भबिस्य देख्छन त भन्ने ठुलो प्रश्न रहेको छ।  मेहेलेले यूरो २०२० मा डेनमार्कको तर्फबाट ५६६ मिनेट खेल्दै ६७ किमि दुरी कायम गरेका थिए ।

मेहेलेले २ गोल तथा ७ शट टार्गेटमा प्राहर गरेका थिए।  डेनिस डिफेन्सको मुख्य हतियार भएका महेले यस यूरोमा निकै चम्किएका हुन् , उनको अबको भबिस्य कता भन्ने पनि रहेको छ।  निकै अटयाक गर्न सिपालु खेलाडी महेले , विन्ग्स बाट पनि घातक बल निकालन माहिर छन्।

 क्लव फूटबलमा रुची राख्ने मानिसहरुकोलागी कुन देशका कुन खेलाडी कस्ता छन भन्ने जानकारी र ज्ञान रहने हुन्छ । फूटबलका गतिबिधिलाइ यीनिहरुले नजिकवाट नियाली रहेका हुन्छन् । तर केही फूटबलका पारखिहरुले बिश्वकप ,युरोकप, कोपा अमेरिका जस्ता खेलहरुमा मात्र ध्यान दिने गरेको पाइन्छ  ।

उनिहरुको मन मस्तिस्कमा त्यस प्रतियोगिताको छाप सँधैभरी रहने गर्छ । यसैले त उनिहरु ४ बर्षपछि आउने अर्को प्रतियोगितामा पनि तीनै अनुहारहरुलाइ खोज्ने गर्छन तर ती खेलाडीहरु समयको अन्तरालमा हराइ सकेका हुन्छन वा निरन्तरता पाइरहेका हुन्छन । १९९०मा गोल्डेन बुट जित्ने सिल्याचीको त्यही बिश्वकप नै पहिलो तथा अन्तीम रहयो ।

ढल्किंदो उमेरमा प्रिमियर लिग छिरेका जिमि भार्डिको लागी सायद २०१८ को बिश्वकप नै अन्तिम ठुलो प्रतियोगिता बन्ला जस्तो देखिन्छ । तर यसको मतलब यो हैन की खेलाडिहरुले खेलमा पुनरागमन गर्दै गर्दैनन । १९९०को बिश्वकपमा ३८ बर्षको उमेरमा ४ गोल गरेर क्यामरुनलाइ बिश्वकपको क्वाटर फाइनल सम्म पुर्‍याउन योगदान दिएका रोजर मिल्लाले १९९४मा ४२ बर्षको उमेरमा फेरिपनि खेले र गोल पनि गरे दुबै बिश्वकपमा सबैभन्दा बढी उमेरमा गोल गरी आफैले आफ्नो रेकर्ड भत्काए ।

ठूला प्रतियोगिताहरुमा रेकर्ड कायम गर्ने केही खेलाडीहरुको खेल जिबन भने लगातार सफल र निरन्तर रुपमा उम्दो हुने गर्छ । २००६को बिश्वकप खेलेका रोनाल्डो र मेस्सीको यात्रा निरन्तर रुपमा चलि नै रहेको छ  । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey