एन्फाले मुख्य प्रशिक्षक अब्दुल्लाहसँगको सम्झौता परिमार्जनकाे प्रक्रिया अघि बढायाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 4657 पटक हेरिएको

हाइलाइट्स

यसअघि अप्रिलबाट लागु हुने गरेर एक बर्षको सम्झौता भएकोमा अब जुलाई १ बाट लागु हुने गरेर सम्झौता भएको छ । २०२२ को सेप्टेम्बरसम्मका लागि अब्दुल्लाहको सम्झौता बढाउन एन्फाले कतार फुटबल संघसँग आग्रह गरेको छ भने प्रशिक्षकसँग पनि नयाँ सम्झौता गरेको छ । 

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीकाे सम्झाैता थप गर्न पहल गरेकाे छ । त्यसका लागि एन्फाले कतार फुटबल संघलाई प्रशिक्षक अल्मुताइरीकाे सम्झाैता थप गर्न औपचारिक रुपमा आग्रह गरेकाे हाे । 

यसअघि गरिएको सम्झौतालाई रद्द गरेर जुलाई १ बाट लागु हुने गरेर एन्फाले अल्मुताइरीसँग नयाँ सम्झौता पनि गरेको छ । तर एन्फा र अल्मुताइरीको सम्झौतामा कतार फुटबल संघले सहमति जनाएपछि मात्रै कार्यान्वयनमा आउँछ ।

यसअघि २०२१ अप्रिलबाट लागु हुने गरेर एक बर्षको सम्झौता भएकोमा अब २०२१ काे जुलाई १ तारिखबाट लागु भएकाे छ । उक्त सम्झौतामा दुई पक्ष (एन्फा र प्रशिक्षक)ले हस्ताक्षर गरेका छन् । सम्झौतामा एन्फाका महासचिव इन्द्रमान तुलाधर र प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीकाे हस्ताक्षर रहेकाे छ । 

एन्फा प्रवक्ता किरण राइले पनि कतार फुटबलसँग २०२२ काे सेप्टेम्बर सम्मका लागि सम्झाैता  बढाउन अनुराेध गरिएकाे बताए । एन्फाले यसमा सहमति जनाएपनि कतार एफ ए काे अन्तिम निर्णय आउन भने बाँकी रहेकाे बताए । 

कतार फुटबल संघको सहयोगमा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका रुपमा करीव तीन महिना अगाडी नेपाल आएका अब्दुल्लाहले नयाँ सम्झौता गरेसँगै अब २०२२ को फेब्रेवरीमा शुरु हुने एशियन कपको तेस्रो चरणको छनाेटमा पनि टिमसँगै हुनेछन् । 

प्रशिक्षक अब्दुल्लाहले नेपाली टिम सम्हालेपछि केहि परिवर्तन पनि देखिएको छ । यसअघि एक बर्षका लागि नेपालको मुख्य प्रशिक्षकमा आएका अब्दुल्लाहको सो सम्झौता पछि उनकाे नेपाल बसाई लम्बिने पक्का जस्तै छ । 

एएफसी र फिफाले राष्ट्रिय टिमका लागि प्रो लाइसेन्स प्रशिक्षक अनिवार्य गरेपछि एन्फाले कतार एफएको सहयोगमा उनलाई नेपाल ल्याएको हो ।

उनले नेपाली टिम सम्हालेपछि चार वटा अन्तराष्ट्रिय खेल खेलेको छ । जसमा तीन खेलमा हार र एक खेलमा जित निकालेको छ । साफको च्याम्पियन बन्ने लक्ष्यमा रहेका अब्दुल्लाहले अहिले ५० खेलाडीलाई क्याम्पमा बोलाएर प्रशिक्षण गराइरहेका छन् । 

इराकसँगको मैत्रीपुर्ण खेलका साथै विश्वकप छनौटमा नेपालले कुल चार खेलमा तीन खेल हारे पनि नेपालको खेल्ने शैलीको भने तारिफ भएको छ । अगष्टको अन्तिम र सेप्टेम्बरको पहिलो साता हुने साफ च्याम्पियनसिपका लागि यति बेला नेपाली खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । 

अब्दुल्लाहले नेपाल आउनु भन्दा अगाडि कुवेत र साउदी अरेबियाको क्लवमा प्रशिक्षकका रुपमा काम गरेका थिए । यस्तै उनले किर्गिस्तानको यू १६ टिमलाई पनि सम्हालेका थिए । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey